Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

अज्ञात समूहको गोली लागि एकको मृत्यु

smaller text tool iconmedium text tool iconlarger text tool icon

बरुण पनेरु, डडेल्धुरा, मंसिर २३- डडेल्धुराको जोगबुढा-९ सुवाखानमा बिहीबार दिउँसो एक जना बन्दुकधारीले चलाएको गोली लागि २२ वर्षीय वीरबहादुर बिष्टको मृत्यु भएको छ। उनकी श्रीमती लीलादेवी बिष्ट घाइते भएकी छन्। घरबाट करिब पाँच सय मिटरको दूरीमा रहेको जंगलमा दाउरा खोज्न गएका बिष्ट दम्पत्तिमाथि दिउसो करिब चार बजे अज्ञात बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन्। गोली प्रहारबाट बिष्टको घटनास्थलमै मृत्यु भए पनि त्रासका कारण अहिलेसम्म स्थानीय बासिन्दा सो स्थानमा जान सकेका छैनन्।

बिष्टकी घाइते श्रीमतीलाई घरमै राखिएको छ। स्थानीय बासिन्दा ज्ञानबहादुर बिष्टका अनुसार गोली प्रहारबाट आक्रमणबाट लीलाको मुखमा गम्भीर चोट लागेको छ।आक्रमणका बेला घट्नास्थलमा बिष्ट, उनकी श्रीमती लीला, बहिनी माधवी र आमा सहित चार जना थिए।

आक्रमणकारीले आफूलाई समेत आक्रमण गर्न खोजेको तर भागेर प्राण जोगाउन सफल भएको मृतककी बहिनी माधवीले नागरिकन्युजलाई बताइन्।

गोली प्रहार गर्ने व्यक्ति कालो ब्याग भिरेको र कालो पोशाकमा रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

आक्रमणपछि नजिकैको जंगलतर्फ भागेका बन्दुकधारी आक्रमणकारीको पहिचान हुन सकेको छैन। घटनाको जानकारी हुने बित्तिक्कै ईलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन चन्दले जानकारी दिए।

घट्नास्थल जोगबुढा गाविस सदरमुकाम लालढुङ्गा बजारदेखि सात घण्टाको पैदल दुरीमा पर्छ भने डडेल्धुरा सदरमुकाम बागबजारदेखि करिब २५ कोश टाढा पर्छ। घट्नास्थलमा प्रहरी नपुग्दा स्थानीय बासिन्दा निकै आतंकित भएका छन्। हतियारधारी जङ्गल तर्फ भागेकाले जङ्गलमा अन्य सहयोगी हुन सक्ने आशंकाले स्थानीय बासिन्दा घटनास्थल तर्फ पुग्न सकेका छैनन्। स्थानीय घटनास्थलमा पुग्न नसक्दा मृतकको सव जङ्गलमै रहेको बताइएको छ। बिष्टको १० दिनअघि बिबाह भएको थियो। छोराको मृत्युपछि बिष्टका बुवा बेहोस भएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld