Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

दुर्घटनामा दुईको मृत्यु, कर्मचारी मृत फेला

smaller text tool iconmedium text tool iconlarger text tool icon
तनहुँ, मंसिर २३, (नागरिक) - लमजुङको सुन्दरबजारमा बिहीबार मोटरसाइकल र ट्रक ठोक्किदाँ दुईको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मोटर साइकलमा सवार सुन्दरबजार-४ घर भई हाल बेसीशहरमा ब्यवसाय गर्दै आएका ३५ बर्षिय सुरेन्द्र मिश्र र तनहूँ रुपाकोट राम्चेका २७ वर्षीय दयानिधि पौडेल रहेको लमजुङ प्रहरीले जनाएको छ।

डुम्रेबाट बेशीसहरतर्फ जाँदै गरेको ना.३.ख ९८८७ ट्रक र विपरित दिशाबाट जादै गरेको ग ५ प ४३९२ नम्बरको मोटरसाइकल सुन्दरबजार-८, पाउदीमा एकआपसमा ठोकिएको थिए। दुर्घटनामा घाइते भएका दुबैलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात काठमाडौँ लैजाने क्रममा पौडेलको घादिङ धार्के र मिश्रको विएण्ड वि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

त्यसैगरी नेपाल विद्युत प्राधिकरण अन्तरगत लमजुङस्थित उदीपुर सव स्टेशनमा कार्यरत ४६ बर्षिय पदमबहादुर जीसी बिहीबार मृत अवस्थामा फेला परेका छन्। मंगलबारदेखी सम्पर्क विहीन जीसिको शव भोटेओडार-४ थरथरे स्थित अकला मन्दिर नजिकै मर्स्याङ्दी नदीमा फेला परेको प्रहरीले जनाएको छ।

 

सडकबाट ४० मिटर तल लु.५ प ३८६ नम्बरको मोटरसाईकल संगै जिसीको शव नदीमा फेला परेका कारण दुर्घटनामा परी उनको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld