Error
  • Error loading feed data.

चितवन मालपोत सर्वाधिक भ्रष्ट कार्यालय

smaller text tool iconmedium text tool iconlarger text tool icon
चितवन, मंसिर २४- यहाँका सरकारी कार्यालयमा अत्यधिक भ्रष्टाचार हुने गरेको पाइएको छ। भ्रष्टाचारविरुद्ध अभियान नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वाधिक भ्रष्टाचार हुने कार्यालयका रुपमा जिल्ला मालपोत कार्यालयले ख्याति कमाएको छ।

भ्रष्टाचार न्यूनीकरणका लागि नागरिक अभिमत सङ्कलन कार्यक्रमअन्तर्गत जनताको नजरमा चितवन जिल्लामा कार्यरत सेवा प्रदायक कार्यालयहरुको सूचीमा मालपोत कार्यालय पहिलो स्थानमा परेको हो भने जिल्ला प्रशासन कार्यालय दोस्रो स्थानमा परेको छ।

त्यसैगरी, तेस्रो स्थानमा नापी कार्यालय, चौथोमा आन्तरिक राजस्व कार्यालय, पाँच्ाौँमा जिल्ला वन कार्यालयलगायत १५ वटा कार्यालय भ्रष्टाचारको सूचीमा परेका छन्।

चितवनका शिक्षित एक सय १० जनामा गरिएको सर्वेक्षणमा आधारित भएर उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld