दुर्व्यवहार गर्ने भारतीय प्रहरी समाते गाउँलेले

Friday, 10 December 2010 10:15 नागरिक
Print
रौतहट, मंसिर २४-जिल्ला सदरमुकाम गौर-६ टिकुलियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती बढेको छ। हिजो बिहान गाउँ पसेका एसएसबीका जवानले स्थानीय शम्भु साह र ठगनीदेवीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन्। कुटपिटमा संलग्न एसएसबीका एक जवानलाई गाउँलेहरुले नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएका छन्।

हतियार बोकेर नेपाली भूमिका पसेका एसएसबीका जवानले गाउँलेहरुलाई कुटपिट गर्ने गरेका छन।


एसएसबीको ज्यादतीको विरोधमा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रन थालेका छन्। सोही क्रममा उनीहरुले हिजो भारतविरुद्ध चर्का नारा लगाउँदै विरोध गरेका थिए।

यसैबीच, जिल्ला प्रहरी कार्यालयका प्रमुख पिताम्बर अधिकारीले नेपाल र भारतबीचको सुमधुर सम्बन्धमा खलल पर्ने किसिमका गतिविधि दुबै पक्षबाट हुन नहुनेमा जोड दिँदै वार्ताको माध्यमबाट समस्या समाधान गरिने जानकारी दिए। रासस