कञ्चनपुर, मङ्सिर २४- शुक्लाफाँटा वन्यजन्तु आरक्षको अर्जुनी प्रवेशद्वारको चण्डीप्रसाद गणका एक सैनिक जवान हतियारसहित बेपत्ता भएका छन्। गस्तीमा रहेका बेला झलारी–२ कालापानी क्षेत्रबाट तीन दिनअघि दीपक शाही एम–१६ बन्दुकसहित बेपत्ता भएका हुन्।
कैलाली सुगरखाल घर भएका सैनिक जवान गस्तीबाटै बेपत्ता भएपछि उनको खोजीकार्य व्यापक पारिएको सैनिक अधिकारीहरूले बताएका छन्।
बेपत्ता जवानको खोजीका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भएको छ।
- रासस

प्रतिक्रियाहरू (0)