Nepal Republic Media Pvt. Ltd.

Wednesday
Dec 11th
Error
  • Error loading feed data.

खेल

अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको इनिङ अन्तरको जित

एडिलेड, अष्ट्रेलिया, मंसिर २१ (एजेन्सी)-इंग्ल्यान्डले मंगलबार एडिलेडमा अष्ट्रेलियालाई ३ सय ४ रनमा आउट गर्दै एसेज श्रृङ्खलाको दोस्रो टेष्ट एक इनिङ र ७१ रनले जितेको छ। यसका साथै पाँच टेष्ट म्याचको श्रृङ्खलामा इंग्ल्यान्डले १-० को अग्रता हासिल गरेको छ।
विस्तृतमा
 

विश्वकप आयोजना गर्न नदिएपछि ओबामा रिसाए

वासिङ्टन, मंसिर २१ (एजेन्सी)- अमेरिकी राष्ट्रपति बाराक ओबामाले २०२२ को विश्वकपको आयोजना अधिकार अमेरिकाको बदला कतारलाई दिने फिफाको निर्णय त्रुटिपूर्ण भएको बताएका छन्।
विस्तृतमा

विश्वकपको रंगशाला खेल सकिएपछि फोल्ड गरेर गरिब देशलाई बाँडिने

लन्डन, मंसिर २१ (एजेन्सी)- कतारलाई २०२२ को विश्वकप फुटबलको आयोजना अधिकार प्राप्त भएको कुरालाई लिएर सम्पूर्ण विश्वमा अहिले बहस चलिरहेको छ। यो देश कहिल्यै पनि विश्वकपका लागि छनोट हुन सकेको छैन। तर पनि अमेरिकाजस्तो ठूलो राष्ट्रलाई पन्छाएर यसलाई फुटबल महाकुम्भको आयोजना अधिकार दिइयो।
विस्तृतमा

फिफा वर्ष खेलाडी मनोनयनमा बार्सिलोना वर्चस्व

जुरिच, मसिर २१ (एजेन्सी)- बार्सिलोनाका स्टारत्रय लियोनल मेसी, जाभी र आन्ड्रेज इनिस्टा २०१० को फिफा विश्व वर्ष खेलाडीको मनोनयनमा परेका छन्।
फिफा विश्व वर्ष खेलाडी र बालोन डी'अरलाई समायोजन गरिएको यो पुरस्कारका लागि फुटबल पत्रकारको मतलाई आधार मान्ने गरिन्छ।
विस्तृतमा

क्रेस्पोको डेढ सय गोल

रोम, मंसिर २१ (एजेन्सी)- हर्नान क्रेस्पोले शनिबार इटालियन सिरी 'ए' को खेलमा युडिनेसीमाथि २-१ को विजय हासिल गर्दा पार्माका लागि दुई गोल गर्दै सिरी 'ए' मा व्यक्तिगत गोलसंख्या १ सय ५० पुर्‍याएका छन्।
विस्तृतमा

कुकको सतकमा इङ्ल्यान्डको अग्रता

एडिलेड, मंसिर १९ (रोयटर्स)- एलिस्टर कुकले अस्ट्रेलियन बलरमाथि निरन्तर वर्चस्व जमाउँदै अविजित १ सय ३६ रन बनाएपछि दोस्रो एसेज टेस्टमा इङ्ल्यान्डले पहिलो इनिङका आधारमा ७२ रनको अग्रता लिइसकेको छ।

विस्तृतमा

कतारले २०२२ र रुसले २०१८ को विश्वकप आयोजना गर्ने

जुरिच, मंसिर १७ (रोयटर्स)- रुसले सन् २०१८ र कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्ने भएका छन्। जुरिचमा भएको मतदानपछि विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आयोजक राष्ट्रको घोषणा गरेका थिए।
विस्तृतमा

सन् २०२२ को विश्वकप कतारमा हुने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ को विश्वकप कतारमा हुने घोषणा गरेको छ। त्यसैगरी  २०१८ को विश्वकप रुसमा हुनेछ।  २२ कार्यकारी सदस्यबीच भएको मतदानबाट यो घोषणा गरिएको हो। 
विस्तृतमा

विश्वकप आयोजक आज छानिने

जुरिच, मंसिर १६ (एजेन्सी)- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २२ कार्यकारी सदस्यको बीचबाट २०१८ र २०२२ को विश्वकप आयोजक छान्दैछ। जुरिचमा यसका लागि आज साँझ नेपाली समय अनुसार पौने ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  Next 
  •  End 
  • »
Page 1 of 5
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


खेल

From Republica

new-traveld