गुडबाई पालुङटार

गुडबाई पालुङटार
पालुङटार, गोरखा मंसिर १२ (नागरिक)- सात हजार हाराहारीमा यहाँ उपस्थित माओवादी कार्यकर्तामध्ये केही दिउँसैदेखि आफ्ना पोकापन्तुरा बोकेर गेट बाहिर निस्के। पार्टीभित्र देखिएको गहिरो सैद्धान्तिक मतभेद, लामो छलफलपछि उनीहरू घर फर्केका छन्।
विस्तृतमा

मोहन वैद्य भन्छन्- 'नेतृत्व लिन म तयार छु'

अध्यक्ष महोदयले किरण र बाबुरामको स्पष्टीकरण दिनुभयो। खण्डन गर्नुभयो। त्यसका लागि उहाँलाई धन्यवाद। तर, हामी दुईको जति खण्डन गरे पनि अध्यक्षज्यूले आफ्नो गल्ती स्वीकार्न सक्नु भएन। यो वितण्डावादी शैली हो। सबै मैले गरेको हो, अरु कसैले गरेको होइन भन्ने र इतिहासको ब्याज खाने प्रवृत्ति मलाई ठीक लागेन। लोभ लाल्चा देखाएर आफ्नो पक्षमा तान्न खोजेको हो भने त्यसको लागि डटेर लड्न सकिन्छ।
विस्तृतमा

माओवादी वैठकमा मोबाइल, क्यामरा र रेकर्डर प्रतिबन्ध

पालुङटार, मंसिर ११ (नागरिक) - माओवादीले पालुङटार बैठक स्थलमा मोबाइल, क्यामरा र रेकर्डर लैजान सबै तहका नेता, कार्यकर्तामाथि रोक लगाएको छ। बैठकका गोप्य सूचना चुहिएको भन्दै केही दिनयता कडाइ गरेको माओवादीले शुक्रबार प्रमुख प्रवेशद्वारमै स्वयंसेवकमार्फत जाँच गराई यी सामानको प्रवेशमा रोक लगाएको हो।
विस्तृतमा

विवाद जति केन्द्रीय समितिमा फिर्ता

उजिर मगर/ मनोज अधिकारी/समुन्द्र पौडेल, पालुङटार, गोरखा, मंसिर १२- एकीकृत माओवादीको सम्पन्न छैठौं केन्द्रीय विस्तारित बैठकले तीनवटा प्रस्तावलाई टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिलाई जिम्मा दिएको छ।
विस्तृतमा

'जनविद्रोहको विकल्प छैन'

दाहाल भारतबारे भने अस्पष्ट -
उजिर मगर, मनोज अधिकारी,पालुङटार, गोरखा ११ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्तिप्रक्रिया र संविधान निर्माणमा अवरोध आए जनविद्रोह आह्वानको विकल्प नभएको निष्कर्षसहित शुक्रबार दोस्रो प्रतिवेदन पेस गरेका छन्। उनले राष्ट्रिय स्वाधिनताको आन्दोलनबाटै अघि बढ्ने घोषणा गरे।
विस्तृतमा

शान्ति र संविधान निर्माणमा अवरोध भए माओवादी विद्रोहमा उत्रने

पालुङटार बैठक सकियो-
पालुङटार, मङ्सिर ११ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकले शान्ति र संविधानलाई नै प्रमुखता दिएको बताएका छन्। बैठक समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने- त्यसमा कतैबाट अवरोध आएमा जनतालाई विद्रोहमा उतार्छौं भनेका हौं।
विस्तृतमा

समायोजनबारे स्पष्ट धारणा ल्याउन लडाकुहरूको माग

भोजराज भाट/उजिर मगर/मनोज अधिकारी, पालुङटार, मंसिर १०-एकीकृत माओवादीका लडाकुहरुले चालु विस्तारित बैठकमा पार्टीका शीर्षस्थ नेताहरुलाई सेना समायोजन या क्रान्ति गर्ने, त्यसबारे स्पष्ट धारणा ल्याउन माग गरेका छन्। सेना समायोजनका नाममा अकर्मण्यता नराख्न उनीहरूले आफ्नै नेतालाई चेतावनी दिएका छन्।
विस्तृतमा

पालुङटारमा माओवादीको सैन्यक्षेत्र पनि विभाजित

दाहालले आज प्रस्टिकरण दिने-
उजिर मगर, मनोज अधिकारी, पालुङटार मंसिर १० - एकीकृत माओवादीको जारी छैठौं विस्तारित बैठकमा माओवादी सात डिभिजनका प्रतिनिधिले बोल्ने क्रममा आ-आफ्ना पक्षलाई समर्थन गर्दै धारणा राखेपछि पार्टीभित्र तीन खेमाका नेताका पक्षमा अन्य क्षेत्रजस्तै यहाँ सैन्य क्षेत्रमा पनि विभाजन देखिएको छ।
विस्तृतमा

द्वन्द्वको घाउको पालुङटारमा उपचार

द्वन्द्वको घाउको पालुङटारमा उपचार
समुन्द्र पौडेल, गोरखा (पालुडटार), मंसिर ९ - द्वन्द्वको क्रममा बम पड्किदाँ शरिर भित्र छुटेका बमका छर्राको एक माओवादी कार्यकर्ताले पालुडटारमै उपचार गराएका छन्।
विस्तृतमा

महरा टेप प्रकरणबारे प्रस्टीकरण माग

उजिर मगर/समुन्द्र पौडेल, पालुङटार, मंसिर ९- प्रधानमन्त्रीमा बहुमत पुर्‍याउन सांसद खरिदका लागि एक चिनियाँसँग ५० करोड रुपैयाँ मागेको टेप प्रकरणले पार्टी बदनाम भएको भन्दै एकीकृत माओवादी विस्तारित बैठकमा बोल्ने प्रतिनिधिले अध्यक्ष पुष्पकमल दाहालसँग त्यसबारे प्रस्टीकरण माग गरेका छन्।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  Next 
  •  End 
  • »
Page 1 of 4
WebNagarikNews.com