Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

वैद्यलाई फकाउने प्रयास

उजिर मगर, पालुङटार, मंसिर ८- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी विस्तारित बैठकमा मंगलबार आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई फकाउने प्रयास गरेका छन्। अर्का उपाध्यक्ष बाबुराम भट्टराईको विचारसँग भने आफू असहमत रहेको उनले प्रस्ट्याएका छन्।
विस्तृतमा

लडाकु पनि तीन पक्षमा विभाजित

उजिर मगर, पालुङटार, मंसिर ९- माओवादीको जारी विस्तारित बैठकमा लडाकु पनि शीर्ष तीन नेताको पक्षमा विभाजित भएका छन्। बैठकको पाँचौँ दिन लडाकुको सातौँ डिभिजनका प्रतिनिधिले बोल्ने क्रममा जीवनले अध्यक्ष दाहालको पक्षमा, हिमालले उपाध्यक्ष वैद्यको पक्षमा र संघर्षले भट्टराईको पक्षमा बोलेका छन्। 
विस्तृतमा

भारतसँग 'राष्ट्रिय युद्ध'का लागि तयारी गरौं : दाहाल

भारतसँग 'राष्ट्रिय युद्ध'का लागि तयारी गरौं : दाहाल
भोजराज भाट, पालुङटार, मंसिर ८ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकबाट भारतसँग हुनसक्ने सम्भावित 'राष्ट्रिय युद्ध' को तयारीका लागि विस्तृत कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। पालुङटारमा चलिरहेको छैटौं विस्तारित बैठकको बन्दसत्रमा बोल्दै दाहालले राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।
विस्तृतमा

लडाकुबाट कसले बोल्नेबारे विवाद

पालुङटार, मंसिर ८ (नागरिक)- माओवादी विस्तारित बैठकमा तीनैजना नेताले प्रस्तुत गरको पार्टीको भावी कार्यदिशाबारे बुधबार सुरू हुने समूहगत छलफलमा लडाकुहरूमध्येबाट क-कसले बोल्ने भन्नेमा विवाद उत्पन्न भएको छ। २६ समूहमा हुने छलफलको निचोड बैठकमा पेस गर्ने अवसर कसलाई दिने भनी अध्यक्ष दाहाल र उपाध्यक्षद्वय वैद्य र भट्टराईबीच देखिएको मतभिन्नता मंगलबार रातिसम्म टुंगिन सकेन।

विस्तृतमा

यस्तो छ विस्तारित बैठकमा बोल्नेहरुको विस्तृत विवरण

भोजराज भाट, पालुङ्टार, मङ्सिर ८- माओवादीको छैठौं विस्तारित बैठक सुरु भएको चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्धय मोहन वैद्य र बाबुराम भट्टराईका दस्तावेजमथि विभिन्न राज्य समितिका सदस्यहरुले टिप्पणी गरेका छन्। मंगलबार साँझसम्म ८ राज्य समितिका २८ जनाले टिप्पणी गरिसकेका छन्।
विस्तृतमा

वैद्य पक्षधरको विद्रोह

पालुङटार, मंसिर ७ (नागरिक)- अध्यक्ष पुष्पकमल दाहालको पक्षमा आफ्नो क्षेत्रबाट एकजनाले मात्र बोल्ने सहमति गर्न दबाब दिएपछि सेती-महाकाली राज्य समितिका मोहन वैद्य पक्षधर केही सदस्यले मंगलबार विद्रोह गरेका छन्।
विस्तृतमा

'कृष्णजी नफर्केका भए मेरो सर्वस्व जान्थ्यो'

गुणराज लुइँटेल, पालुङटार, मंसिर ७- विस्तारित बैठक चलिरहँदा उनी भने प्रवेशद्वारबाहिर आफैंले प्रकाशित गरेका पुस्तक बेच्न व्यस्त छिन्। धूलो उडिरहेको छ, उनलाई त्यसको कुनै पर्वाह छैन। उनी यसर्थ सन्तुष्ट छिन्, हजारौँ बेपत्ताको अझै पत्तो छैन तर उनका बेपत्ता पति अहिले उनकै साथ छन्।
विस्तृतमा

माओवादी बैठकमा ६ राज्य समितिको बोल्ने पालो सकियो

अहिले चिया ब्रेक-
उजीर मगर, पालुङटार, मङ्सिर ८- माओवादी विस्तारित बैठकमा अहिलेसम्म ६ राज्य समितिका प्रतिनिधिले धारणा राखेका छन्। यसरी धारणा राख्‍ने समितिमा भेरी-कर्णाली, सेती-महाकाली, मगरात, नेवा, ताम्सालिङ र तमुवान छन्। अहिले केहीबेरका लागि भने 'चिया ब्रेक' भएको छ।
विस्तृतमा

माओवादी नेताहरुलाई मिलेर जान दबाव

शान्ति र संविधानलाई पूर्णता दिन आग्रह-
गोरखा (पालुङ्टार), मङ्सिर ८- एकीकृत नेकपा (माओवादी) का राज्य समिति सदस्यहरुले वरिष्ठ नेताहरुलाई मिलेर जान दबाब दिएका छन्। मङ्सिर ५ गतेदेखि यहाँ सुरु भएको छैटौँ विस्तारित बैठकको चौथो दिन आजको बैठकमा धारणा राख्‍ने क्रममा उनीहरुले यस्तो दबाब दिएका हुन।
विस्तृतमा

शीर्ष नेताको दस्तावेजबारे कार्यकर्ताहरु बहसमा

कसले कसको पक्षमा बोले?-
भोजराज भाट, पालुङटार, मंसिर ८- माओवादीको छैटों विस्तारित बैठक सुरु भएको चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको दस्तावेजमथि विभिन्न राज्य समितिका सदस्यहरुले टिप्पणी गरेका छन्।
विस्तृतमा
Page 2 of 4
WebNagarikNews.com