Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

दाहालप्रति दुई उपाध्यक्ष आक्रामक

दाहालप्रति दुई उपाध्यक्ष आक्रामक
भोजराज भाट, पालुङटार, मंसिर ७ - 'पालुङटारको विचारले वालुवाटारको निद खायो...माओवादी एक जुट हुँदा सन्सारै जिल खायो...' रुखो स्वभाव र औपचारिक मात्र कुरा गर्ने एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रेमध्वज प्रधानको पालुङटारको गोरुले सल्यानटारको बीऊ खायो बोलको गीतलाई रिमिक्स गरेर मन्तब्य सिध्याउने क्रममा सकीनसकी गीत गाए। हलभरि ताली र हाँसोको गडगडाहट चल्यो। त्यसको दुई घण्टा नबित्दै अर्का उपाध्यक्ष मोहन वैद्यले खरो प्रस्तुतिले हलमा एकछिन त सन्नाटा छायो।
विस्तृतमा

यही ताल हो भने म पार्टीमा बस्दिन : वैद्य

भोजराज भाट, पालुङटार, मंसिर ७- वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण'ले अध्यक्ष पुष्पकमल दाहालबाट आफ्ना नीति लिने तर कार्यान्वयन नगर्ने रणनीति जारी राखे आफू पार्टीमा नबस्ने चेतावनी दिएका छन्।
विस्तृतमा

३ प्रतिवेदनमाथि ३० समूहमा छलफल

अध्यक्ष प्रष्ट नभएकाले असहमति : बाबुराम-
पालुङ्टार, मङ्सिर ७ (नागरिक)- माओवादीको विस्तारित बैठकको तेस्रो दिन तीन वटै प्रतिवेदनमाथि छलफल सुरु भएको छ। दुई बजे अचानक डाकिएको स्थायी समिति बैठकले छलफल विधि तय गरेको हो। विधिअनुसार ३० समूहमा विभाजित गरी प्रतिवेदनमाथि छलफल हुने भएको छ।
विस्तृतमा

माओवादी पत्रकार तीन खेमामा, सिनियर भट्टराई र वैद्य को पक्षमा

उजिर मगर, पालुङटार, मंसिर ९- माओवादीको जारी विस्तारित बैठकका क्रममा पार्टीमा आवद्ध पत्रकारहरु पनि तीन खेमामा बाँडिएका छन्। विशेष स्रोतबाट नागरिकन्युजलाई प्राप्त जानकारी अनुसार युद्धकालमा सक्रिय रुपमा अध्यक्ष दाहाल निकट 'सिनियर'हरु  उनलाई छाडेर भट्टराई र वैद्य पक्षमा लागेका छन्। दाहालको पक्षमा 'जुनियर' पत्रकारहरु लागेका छन्।
विस्तृतमा

के के हुँदैछ माओवादी विस्तारित बैठकमा ?

के के हुँदैछ माओवादी विस्तारित बैठकमा ?
भोजराज भाट, पालुङटार, मंसिर ६- माओवादीको विस्तारित बैठकको बन्द सत्र आज बिहान नौ बजेदेखि सुरु भयो। बन्द सत्रको सुरुमा उपाध्यक्ष बाबुराम भट्टराईले बोल्ने त्यसपछि खानाको लागि समय छुट्याइनेछ। खानापछिको सत्रमा उपाध्यक्ष मोहन वैद्य र अन्तिममा पुष्पकमल दाहालले विचार राख्‍ने कार्यक्रम छ।

१३ वटा भूगोल राज्य समिति, लडाकूका ७ वटा डिभिजनलाई राज्यसमितिसरहको मान्यता दिइएकोले लडाकूका तर्फबाट ७, वाईसीएलको एक, प्रवास ब्युरोको एक, केन्द्रीय ब्युरो राज्य समिति, सांस्कृतिकका तर्फबाट एउटा राज्य समिति, नयाँ प्रवेश गरेकाहरुको एक र छुटपुट एक गरी माओवादीका कूल २६ वटा राज्य समिति छन्।

बन्द सत्रको पहिलो दिन तीन जनै नेताले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेपछि बाँकीका चार दिनमा यी २६ वटै राज्य समितिमा प्रत्येक राज्यसमितिबाट तीन जनाले आफ्नो विचार राख्‍नेछन्।

विस्तृतमा

अध्यक्ष बाँचुञ्जेल डरलाग्दो व्यक्ति बन्ने शंका छः भट्टराई

उजिर मगर, पालुङटार, कात्तिक ७ - एकीकृत माओवादीको विस्तारित बैठकको बन्द सत्रका पहिलो वक्ता उपाध्यक्ष बाबुराम भट्टराईले एक्लै 'प्राधिकार' बनेर अध्यक्ष पुष्पकमल दाहालले पार्टी दुरूपयोग गरेको आरोप लगाएका छन्।
विस्तृतमा

माओवादी बैठकमा हजारभन्दा बढी कार्यकर्ता बिरामी

समुन्द्र पौडेल, गोरखा (पालुडटार), मंसिर ६ - माओवादीको छैठौ विस्तारित वैठकमा सहभागी एक हजार भन्दा बढी कार्यकर्ता बिरामी परेका छन्। कार्यक्रम स्थलमा संचालित २ स्वास्थ्य केन्द्रमा अहिलेसम्म १ हजार भन्दा बढीले स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य केन्द्रले जनाएको छ।
विस्तृतमा

पालुङटार विस्तारित बैठक: नीति र नेतृत्वको लडाइँ

पालुङटार विस्तारित बैठक: नीति र नेतृत्वको लडाइँ
भोजराज भाट, काठमाडौं, मंसिर ५- विस्तारित बैठक हुन एक साताअघि एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापाको बौद्धस्थित डेरामा पार्टीका शीर्षस्थ नेताहरूबीच जुनखाले रस्साकस्सी देखियो, त्यस्तो अवस्था पार्टीमा कहिलै आएको थिएन।

आसन्न विस्तारित बैठकमा 'मिलेर जाऊँ' भनेर अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्य र स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई थापाको डेरामा बोलाएका थिए।

विस्तृतमा

दाहाल बोल्ने कार्यक्रम स्थगित

भोजराज भाट, पालुङ्टार (गोरखा), मङ्सिर ६- विस्तारित बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार बोल्ने निर्धारित कार्यक्रम स्थगित भएको छ। उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यको प्रतिवेन प्रस्तुत समय निर्धारित समयभन्दा लम्बिएपछि दाहालको सम्बोधन समय भोलि बिहान ८ बजेलाई सारिएको छ। अध्यक्ष पुष्पकमल दाहालले ४ बजे बोल्ने भनिएको कार्यक्रम स्थगित भएको हो।
विस्तृतमा

'गोंगबु डिनर' बारे बन्द सत्रमा भट्टराईले स्पष्टीकरण दिए

भोजराज भाट, पालुङटार, मंसिर ६- माओवादी विस्तारित बैठकको बन्द सत्रको पहिलो दिन उपाध्यक्ष बाबुराम भट्टराईले 'गोंगबु डिनर' बारे स्पष्टीकरण दिएका छन्। असार पहिलो साता अध्यक्ष दाहालबाहेक पार्टी उपाध्यक्ष, महासचिवलगायतका महत्त्वपूर्ण पदाधिकारी गोंगबुको एउटा घरमा छलफल गरेका थिए।
विस्तृतमा
Page 3 of 4
WebNagarikNews.com