Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

बैठकमा १२ सय लडाकु

पालुङटार, मंसिर ६ (नागरिक) - सरकार र अनमिनको आपत्तिका बाबजुद माओवादीले १२ देखि १३ सय माओवादी लडाकुलाई विस्तारित बैठकमा सहभागी गराएको छ।

स्रोतका अनुसार, 'जनसेना'को यो हैसियत सातवटा राज्यसमितिबराबर छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'हामीले उनीहरूलाई सहभागी गराएका छौँ, तर मसँग संख्या यकिन छैन।'

विस्तृतमा

ताली बजेन दाहालले भाषण गर्दा

गुणराज लुइँटेल/उजिर मगर, पालुङटार (गोरखा), मंसिर ५- सँधैजसो माओवादी कार्यक्रममा अध्यक्ष दाहालले बोलीपिच्छे ताली पाउने गरेका थिए। यसपटक उनको उद्घाटन मन्तव्य तालीरहित रह्यो। आसनग्रहणका क्रममा कार्यकर्ताको तालीमा पनि खास उत्साह देखिन्नथ्यो। ७ हजार प्रतिनिधिको तालीको गड्गडाहट थिएन।
विस्तृतमा

कार्यकर्तालाई छाप्रा, शीर्ष नेतालाई घर

सन्तोष पोखरेल, पालुङटार (गोरखा), मंसिर ५- एकीकृत माओवादी विस्तारित बैठकमा सहभागी शीर्षनेतालाई 'सुरक्षाका कारण' बजारक्षेत्रका सुविधासम्पन्न घरमा बासको व्यवस्था मिलाइएको छ। तल्लो तहका कार्यकर्ता भने नवनिर्मित स्याउलाका छाप्रामा बस्दैछन्।

विस्तृतमा

मुलुकमा महाविपत्तिको संकेत : दाहाल

पालुङटार, मंसिर ५ (नागरिक) - माओवादी अध्यक्ष पुष्पकमल दाहालले पालुङटार विस्तारित वैठकबाट प्रतिक्रान्तिकारी शक्तिलाई पराजय गर्ने शक्तिसहित नेताहरु फर्किने बताएका छन्। उनले मुलुकमा महाविपत्तिको संकेत देखिएको बताउँदै त्यसविरुद्ध पार्टीभित्रका सबै विचार एक भएर निस्कने बताए।
विस्तृतमा

विस्तारित बैठकमा तीन वटै प्रतिवेदन प्रस्तुत हुने

उजिर मगर, पालुङटार, मंसिर ५ (नागरिक)- माओवादीको आज बिहान बसेको स्थायी समितिको बैठकले विस्तारित बैठकमा तीन वटै राजनीतिक प्रतिवेदन छलफलका लागि लाने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता दीनानाथ शर्माले विस्तारित बैठक सकेसम्म ५ दिनमा टुंग्याउने निर्णय भएको बताए।
विस्तृतमा

दाहालले आज प्रतिवेदन प्रस्तुत गर्दै, नयाँ राख्‍न नपाउने

गुणराज लुइँटेल/उजिर मगर, पालुङटार (गोरखा), मंसिर ६- माओवादी विस्तारित बैठकको दोस्रो दिन आज बिहान सुरु भयो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।
विस्तृतमा

माओवादी बैठकको पिसाब संकलन

सन्तोष पोखरेल, पालुङटार (गोरखा), मंसिर ५- माओवादीको पालुङटार विस्तारित बैठकका सहभागीको पिसाब संकलन गरिने भएको छ। 'पिसाब फेरौं, एक रुपैयाँ लैजाऔं' अभियान चलाएको 'द सेवा नेपाल' ले पिसाब संकलनका लागि पुरुष शौचालयमा ग्यालिन थापेको छ।
विस्तृतमा

दुई लाइन संघर्षबाटै पार्टी एकताः गजुरेल

भोजराज भाट, गोरखा (पालुङटार),  मङ्सिर ५- वाइसीएलको मार्चपास सँगै एकीकृत नेकपा (माओवादी) को विस्तारित बैठक गोरखाको पालुङ्टारमा सुरु भएको छ। निर्धारित कार्यतालिकाभन्दा केही घन्टा ढिलो सुरु भएको उदघाटनमा बोल्दै माओवादी सचिव सीपी गजुरेलले पार्टीभित्रको दुइ लाइन संघर्ष पार्टी एकताका लागि भएको उल्लेख गरेका छन्।
विस्तृतमा

माओवादीको विस्तारित बैठक आजदेखि

गुणराज लुइँटेल/उजिर मगर, पालुङटार, मंसिर ५- माओवादीको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ। उदघाटन सत्रअघि आज बिहान साढे सात बजे स्थायी समितिको र नौ बजे केन्द्रीय समितिको बैठक बसेको थियो।  विस्तारित बैठकको पूर्वसन्ध्यामा हिजो बस्ने भनिएको स्थायी समितिको बैठक सम्पूर्ण सदस्य आइनपुगेका कारण स्थगित भएको थियो।
विस्तृतमा
Page 4 of 4
WebNagarikNews.com