Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

लडाकुबाट कसले बोल्नेबारे विवाद

smaller text tool iconmedium text tool iconlarger text tool icon
पालुङटार, मंसिर ८ (नागरिक)- माओवादी विस्तारित बैठकमा तीनैजना नेताले प्रस्तुत गरको पार्टीको भावी कार्यदिशाबारे बुधबार सुरू हुने समूहगत छलफलमा लडाकुहरूमध्येबाट क-कसले बोल्ने भन्नेमा विवाद उत्पन्न भएको छ। २६ समूहमा हुने छलफलको निचोड बैठकमा पेस गर्ने अवसर कसलाई दिने भनी अध्यक्ष दाहाल र उपाध्यक्षद्वय वैद्य र भट्टराईबीच देखिएको मतभिन्नता मंगलबार रातिसम्म टुंगिन सकेन।


  राज्य समिति सरह मान्यता पाएका लडाकुका सात डिभिजनबाट कसले बोल्ने भन्ने विषयमा बढी मतभेद छ। एउटा डिभिजनबाट एकजनालाई मात्र बोल्न दिनुपर्ने दाहालको धारणामा उपाध्यक्षद्वय असहमत देखिएको स्रोतको दाबी छ। सम्भवतः बुधबार बिहानमात्र यो विवाद मिलाइनेछ।

स्रोतका अनुसार दाहालले एउटै डिभिजनका सैन्य कमाण्डरमा विवाद देखिनु उचित नभएकाले एकै जनाबाट तीनैवटा कार्यदिशाको आलोचनात्मक समीक्षा गराउनु उपयुक्त हुने दाबी गरेका छन्। डिभिजनको एकलौटी समर्थन आफ्नो पक्षमा भएको सन्देश दिन दाहालले एकजनालाई मात्र बोल्न दिने नीति बनाएका हुन।

उपाध्यक्षद्वयले सैन्य मामिलामा अनुशासन कायम गराउनु ठीक भए पनि राजनीतिक विचार र अभिव्यक्तिमा अंकुश लगाउन नहुने तर्क गरेका छन्।

'अरू १९ समूहकै मोडेलमा तीन/तीन जनाले बोल्न पाउनुपर्छ,' उपाध्यक्षद्वयको विरोधलाई उदृत गर्दै स्रोतले भन्यो, 'एक जनाले मात्र बोल्ने भनेर अधिनायकवाद लादन पाइँदैन।'

२६ समूहमध्ये भूगोलका १३ राज्य समिति तथा प्रवास, केन्द्रीय, नयाँ व्युरो, वाइसिएलबाट तीन जनालाई बोल्न दिने निर्णय भएको हो। यी समितिमा पनि अध्यक्षले एक जनालाई बोल्न दिने प्रस्ताव राखे पनि उपाध्यक्षद्वयको आपत्तिपछि सबै समूहलाई मौका दिने निर्णय भएको हो।

WebNagarikNews.com