मोहन वैद्य भन्छन्- 'नेतृत्व लिन म तयार छु'

smaller text tool iconmedium text tool iconlarger text tool icon
अध्यक्ष महोदयले किरण र बाबुरामको स्पष्टीकरण दिनुभयो। खण्डन गर्नुभयो। त्यसका लागि उहाँलाई धन्यवाद। तर, हामी दुईको जति खण्डन गरे पनि अध्यक्षज्यूले आफ्नो गल्ती स्वीकार्न सक्नु भएन। यो वितण्डावादी शैली हो। सबै मैले गरेको हो, अरु कसैले गरेको होइन भन्ने र इतिहासको ब्याज खाने प्रवृत्ति मलाई ठीक लागेन। लोभ लाल्चा देखाएर आफ्नो पक्षमा तान्न खोजेको हो भने त्यसको लागि डटेर लड्न सकिन्छ।

  भिन्न मत ल्याउने बित्तिकै नेतृत्व हत्याउन खोजेको भन्नु, आरोप लगाउनु यो सैद्धान्तिक प्रवृत्ति होइन। यो विचलनवादी शैली हो। खरिपाटीमा किरणको भूमिका केही होइन भन्नु सत्य लुकाउने सैद्धान्तिक बिचलन हो। अरुको राम्रोजति सबै आफ्नो भन्ने यो के तरिका हो। नेतृत्व जसले गरे पनि भिन्न विचार जसको पारित हुन्छ, त्यो उसैको भन्नु यान्त्रिक र जडता देखाउनु हुँदैन।

नेतृत्व भनेको अध्यक्ष मात्रै होइन। यो नेतृत्वले गलत बाटो समात्यो भने नेतृत्व लिन म तयार छु। त्यही चुनौती सामना गर्न नै मैले फरक दस्ताबेज ल्याएको हुँ। किरणले नेतृत्व लिन सक्दैन भन्नु गलत र कुप्रचार हो। किरणको दस्ताबेज अध्यक्षकै पूरक हो भन्ने प्रचार पनि त्यही हो।

कुटनीतिक र चालबाजी अरु पार्टीसँग गर्नुहुन्थ्यो, तर हामीभित्रै कुटनीति गर्नुभयो। त्यो बेठीक हो।

(बन्द सत्रमा वैद्यद्वारा व्यक्त विचारको सम्पादित अंश)

WebNagarikNews.com