Nepal Republic Media Pvt. Ltd.

Wednesday
Jun 03rd

नेपालसम्बन्धी अमेरिकी दूतावासको हजारौँ गोप्य कागजात सार्वजनिक हुँदै

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, मंसिर १३ (नागरिक)- अमेरिकी सेनाको गोप्य कागजात सार्वजनिक गरेर हंगामा मच्चाइरहेको साइट विकिलिक्सले नेपालसम्बन्धी अमेरिकी दूतावासका हजारौँ गोप्य कागजातहरु सार्वजनिक गर्ने भएको छ। विकिलिक्ससित साढे दुई लाखभन्दा बढी गोप्य अमेरकी कूटनीतिक कागजात रहेका छन्, जसमध्ये केही उसले आइतबार सार्वजनिक गरेको थियो।

  आइतबार सार्वजनिक गरिएको कागजातमा नेपालसँग सम्बन्धित कुनै पनि कागजात नपरे पनि उसको वेबसाइटमा नेपालसम्बन्धी २ हजार ६ सय कागजात रहेको उल्लेख छ। यी कागजातलाई सो वेबसाइटले 'आगामी केही महिनाभित्र सार्वजनिक गर्ने' बताएको छ।

विकिलिक्सका अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले पठाएका २ हजार २ सय ७८ मेमोहरु मध्ये ८४ लाई अति गोप्यको दर्जा दिइएको छ, १ हजार २ सय ९९ मेमो गोप्य हुन् भने ७९५ लाई चाहिँ कुनै वर्गीकरण गरिएको छैन।

यी कागजातले अमेरिकी सरकारको वैदेशिक गतिविधि र जासुसी बारे छर्लङ पार्ने बताइएको छ।

WebNagarikNews.com