विकिलिक्स संस्थापक लाइभ च्याटमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, मंसिर १७ (नागरिक)- विकिलिक्सका संस्थापक जुलियन असान्जले विश्वभरका पाठकसित अज्ञात स्थलबाट आज लाइभ च्याट गर्ने भएका छन्। लाइभ च्याटका लागि उनी नेपाली समय अनुसार पौने ७ बजे (बेलायती समय अनुसार दिउँसोको १ बजे) देखि उपलब्ध हुनेछन्।   लाइभ च्याटको व्यवस्था बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणले मिलाइदिन लागेको हो। स्वीडेनको अदालतले यौन दुर्व्यवहारको आरोपमा उनलाई वारेन्ट जारी गरेपछि इन्टरपोलले उनलाई खोज्न रेड कर्नर नोटिस राखिसकेको छ। 

जुलियन यो नोभेम्बर महिनाको सुरुदेखि सार्वजनिक रुपमा देखिएका छैनन्।

यो समाचार तयार पार्दासम्म उनका लागि ३ सयभन्दा बढी प्रश्न सोधिसकिएका छन्।  'तपाईँ अझै कसरी जिउँदो हुनुहुन्छ?' देखि 'बेलायती नागरिकताले तपाईँलाई सहयोग गर्ने भए म बिहे गर्न तयार छु' सम्मका प्रश्न सोधिएका छन्।

गार्जियनको लाइभ च्याटका लागि यहाँ क्लिक गर्नुस्।

सम्बन्धित समाचार
विकिलिक्सको पुरानो साइट बन्द, स्विट्जरल्यान्डबाट नयाँ खुला
लन्डन, मंसिर १७ (एजेन्सी)- 'डोमेन नेम सर्भिस' (डीएनएस) उपलब्ध गराउने अमेरिकी कम्पनीले  गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको विकिलिक्स डट ओआरजी  बन्द गरिदिएपछि उसले स्विट्जरल्यान्डबाट विकिलिक्स डट सीएच...विस्तृत समाचार
विकिलिक्स संस्थापक 'आज बेलायतमा गिरफ्तार हुनसक्ने'
लन्डन, मंसिर १७ (एजेन्सी)- गोप्य अमेरिकी कूटनीतिक दस्तावेज सार्वजनिक गरेर विश्वभर तहल्का मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्जलाई आज बेलायतमा गिरफ्तार गर्न सकिने 'डेली मेल'ले जनाएको छ। ...विस्तृत समाचार
WebNagarikNews.com