विकिलिक्समा प्रतिबन्ध लगाउन दायर मुद्दा खारेज

smaller text tool iconmedium text tool iconlarger text tool icon
लाहौर, मंसिर १७ (एजेन्सी)- विकिलिक्स वेबसाइटमा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै पाकिस्तानको अदालतमा दायर मुद्दालाई लाहौर उच्च अदालतले आज खारेज गरिदिएको छ। 'जतिसुकै तीतो र हानिकारक भए पनि हामीले सत्य सहने साहस गर्नुपर्छ', न्यायाधीश सइदले आफ्नो फैसलामा भनेका छन्।
विकिलिक्सले सार्वजनिक गर्ने गोप्य कागजात पाकिस्तान अनि साउदी अरेबिया र अन्य मुस्लिम तथा पश्चिमी देशहरुबीच द्वन्द्व चर्काउने चालबाजी भएको जिकिर गर्दै साइटमा प्रतिबन्ध  लगाउन आरिफ गोन्दलले मुद्दा दायर गरेका थिए। 

रिटमा वेबसाइटमाथि प्रतिबन्ध लगाउने आदेश दिन माग गरिएको थियो।
WebNagarikNews.com