Nepal Republic Media Pvt. Ltd.

Wednesday
Jun 03rd

विकिलिक्स- सत्यताको यात्रा

smaller text tool iconmedium text tool iconlarger text tool icon
जुलियन असान्ज- सन् १९५८ मा अष्ट्रेलिया एडेलेइडको पत्रिका 'द न्युज'का तत्कालीन मालिक तथा सम्पादक रुपर्ट मर्डोकले लेखेका थिए, 'गोप्यता र सत्यताबीचको दौडमा सत्यले सधैं जित्ने अकाट्य देखिन्छ।' उनको यो पर्यवेक्षणले सायद उनका पिता केइथ मुर्डोकले बिसौं शताब्दीको सुरुमा गरेको खुलासा प्रतिविम्बित गर्थ्यो। केइथले ग्यालिपोली (टर्की) का छेउमा अक्षम बेलायती कमान्डरका हातबाट बेफ्वाँकमा अस्ट्रेलियाली सैनिक मारिँदै गरेको खुलासा गरेका थिए।

बेलायतीले उनलाई रोक्न खोजे तर केइथ मुर्डोक चुप लागेनन् र उनको प्रयास विनाशक ग्यालिपोली अभियान रोक्न सफल रह्यो।

ग्यालिपोली सफलताको झन्डै एक शताब्दीपछि विकिलिक्सले सार्वजनिक हुन जरुरी रहेका तथ्यहरू निर्भय भई प्रकाशन गरिरहेको छ। म अष्ट्रेलियाको क्विन्सल्यान्ड कन्ट्री टाउनमा हुर्किएँ, जहाँका मानिस खुला रूपमा आफ्नो विचार पोख्थे। उनीहरू राम्रोसँग निगरानी गरिएन भने सरकार भ्रष्ट हुन सक्छ भन्थे। सरकारप्रति उनीहरूको अविश्वास थियो। फिट्जगेराल्ड इन्क्वायरी सुरु हुनुअघि जब नेताहरूले मिडियालाई सत्य रिपोर्टिङ गर्न रोकेका थिए, त्यतिबेला क्विन्सल्यान्ड सरकारमा भ्रष्टाचारको कालो बादल मडारिएको थियो।

सत्यताको मूल मूल्यमान्यताका साथ विकिलिक्स स्थापना भएको हो। सत्य रिपोर्टिङ गर्न इन्टरनेट प्रविधिको नयाँ बाटो प्रयोग गर्ने यो विचार अस्ट्रेलियामा जन्मिएको हो।

विकिलिक्सले एउटा नयाँ किसिमको पत्रकारिता आरम्भ गरेको छ- वैज्ञानिक पत्रकारिता। हामी अरू मिडिया प्रकाशनसँग सहकार्य गरी जनतालाई समाचारमात्रै दिँदैनौ, समाचार सत्य हो भनी प्रमाणित पनि गर्छौँ। वैज्ञानिक पत्रकारिताले तपाईंलाई समाचार पढ्न र त्यसपछि यसले आधार बनाएको वास्तविक कागजात हेर्न अनलाइनमा क्लिक गर्ने सुविधा दिन्छ। यसबाट तपाईं आफै निर्णय गर्न सक्नुहुन्छ- के त्यो समाचार सही हो? के पत्रकारले सही रूपमा त्यसलाई समाचार बनाएका छन्?

 
विकिलिक्सले एउटा नयाँ किसिमको पत्रकारिता आरम्भ गरेको छ- वैज्ञानिक पत्रकारिता। हामी अरू मिडिया प्रकाशनसँग सहकार्य गरी जनतालाई समाचारमात्रै दिँदैनौ, समाचार सत्य हो भनी प्रमाणित पनि गर्छौँ। वैज्ञानिक पत्रकारिताले तपाईंलाई समाचार पढ्न र त्यसपछि यसले आधार बनाएको वास्तविक कागजात हेर्न अनलाइनमा क्लिक गर्ने सुविधा दिन्छ। यसबाट तपाईं आफै निर्णय गर्न सक्नुहुन्छ- के त्यो समाचार सही हो? के पत्रकारले सही रूपमा त्यसलाई समाचार बनाएका छन्?
 

लोकतान्त्रिक समाजमा एउटा सशक्त मिडिया चाहिन्छ र विकिलिक्स त्यो मिडियाको एउटा भाग हो। मिडियाले सरकारलाई इमान्दार रहन सहयोग गर्छ। विकिलिक्सले इराक र अफगान युद्धका केही तीता सत्य खुलासा गरेको छ र कर्पोरेट भ्रष्टाचारका समाचारहरू ब्रेक गरेको छ।

मानिसहरूले भन्न थालेका छन्, म युद्धविरोधी हुँ- रेकर्डका लागि, म त्यस्तो हैन। कहिलेकाहिँ राष्ट्रहरू युद्धमा जानु पर्ने आवश्यकता हुन्छ र न्यायपूर्ण युद्ध पनि हुन्छन्। तर ती युद्धबारे जनतालाई सरकारले झुटो बोल्नु र त्यसपछि तिनै नागरिकहरूसँग त्यही झुटका लागि कर र ज्यान लिनुभन्दा गलत अरु केही हुँदैन। यदि युद्ध न्यायपूर्ण छ भने सत्य कुरा भन र जनताले निर्णय गर्नेछन्- त्यसलाई समर्थन गर्ने हो कि हैन भनेर!
यदि तपाईंले अफगान र इराक युद्धका कुनै पनि लगहरू पढ्नुभएको छ, कुनै पनि अमेरिकी दूतावासका केबलहरू पढ्नुभएको छ वा विकिलिक्सले रिपोर्ट गरेका विषयमा समाचार पढ्नुभएको छ भने ध्यान दिनुहोला, यी विषयमाथि स्वतन्त्र रूपमा रिपोर्टिङ गर्नु सबै मिडियाका लागि कति महत्ववपूर्ण छ।

विकिलिक्स मात्र अमेरिकी दूतावासका केबलहरूको प्रकाशक हैन। अन्य मिडिया प्रकाशकहरू बेलायतको गार्जियन, अमेरिकाको न्युयोर्क टाइम्स, स्पेनको एल पाइस र जर्मनीको डेर स्पेइगेलले समेत केबल प्रकाशन गरिरहेका छन्। तर पनि विकिलिक्सले मात्रै अमेरिकी सरकार र यसका पिछलग्गुहरूको सबैभन्दा बढी अमानवीय आक्रमण सहनु परेको छ। ममाथि देशद्रोहको आरोप लगाइएको छ, यद्यपि म अस्ट्रेलियाली हुँ, अमेरिकी नागरिक हैन। अमेरिकामा अमेरिकी विशेष सैनिकको टोलीलाई मलाई खोजी भेट्टाउन दर्जर्नौं गम्भीर आह्वान भएका छन्। सारा पालिनले मलाई 'ओसामा बिन लादेनजस्तो खोजी गर्नुपर्ने' बताएकी छिन् र अमेरिकी सिनेटमा मलाई 'अन्तर्राष्ट्रिय चुनौती' घोषणा गरी त्यहीअनुसार नष्ट गर्न रिपब्लिकन पार्टीको एउटा विधेयक प्रस्तुत भएको छ। क्यानडेली प्रधानमन्त्री कार्यालयका एक सल्लाहकारले राष्ट्रिय टेलिभिजनमा मलाई हत्या गर्न आह्वान गरेका छन्। एक अमेरिकी ब्लगरले अस्ट्रेलियामा रहेका मेरा २० वर्षीय छोरालाई अपहरण गरी हानी पुर्‍याउनुपर्ने बताएका छन्, अरु कारणले हैन, मलाई खोजी भेट्टाउन।

अस्ट्रेलियालीले गर्व नगरी निरीक्षण गर्नुपर्ने हो कि प्रधानमन्त्री (जुलिया) गिलार्ड र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अन्य मिडिया संस्थाहरूप्रति आलोचनाका एक शब्द पनि खर्चेका छैनन्। कारण- द गार्जियन, द न्युयोर्क टाइम्स र डेर स्पेइगेज पुराना र ठूला मिडिया हुन् जबकि विकिलिक्स अहिलेसम्म सानो र भर्खरको। हामी अन्डरडग हौं। गिलार्ड सरकारले आफ्नो कूटनीतिक र राजनीतिक लेनदेनको जानकारीसहितको सत्य सार्वजनिक हुन दिन चाहँदैन, त्यसैले सूचना संवाहकलाई सिध्याउन खोजिरहेको छ।
के अस्ट्रेलिया सरकारले म र विकिलिक्सका अन्य कर्मचारीविरुद्ध हिंसाका कयौं सार्वजनिक धम्कीप्रति कुनै प्रतिवि्र्कया जनाएको छ? यस्तो घटनाको विरोधमा आफ्ना नागरिकको रक्षा गर्न अस्टे्रलियाली प्रधानमन्त्रीले केही कदम चाल्लिन् भनी आशा गर्नुपर्ने हो, तर यहाँ त अवैधताको पूरै सतही दाबीमात्रै गरिएको छ। प्रधानमन्त्री र विशेष गरी महान्यायाधिवक्ताले आफ्नो कर्तव्य इज्जतसाथ विवादरहित ढंगले पूरा गर्नुपर्ने हो। अरुका त कुरै छाडौं, यी दुईले पनि आफ्नै ज्यान बचाउने कोशिश गरे। उनीहरूले (हाम्रो बचाउ) गर्दैनन्।

हरेकपटक विकिलिक्सले अमेरिकी नियोगले गरेको दुरुपयोगबारे सत्य प्रकाशन गर्दा अस्ट्रेलियाली नेताहरू अमेरिकी विदेश मन्त्रालयको स्वरमा स्वर मिलाउँदै झुटा नारा लगाउँछन्- 'तिमीले ज्यान जोखिममा पार्छौ! राष्ट्रिय सुरक्षा! तिमीले सेनालाई खतरामा पार्छौ!' अनि उनीहरू नै भन्छन्- विकिलिक्सले प्रकाशन गर्ने विषय कुनै महत्वको छैन। दुवै त हुनै सक्दैन। कुन हो त?

कुनै पनि हैन। विकिलिक्ससँग चार वर्षको प्रकाशन इतिहास छ। यति समयमा हामीले पूरै सरकार परिवर्तन गर्‍यौं तर एउटा पनि व्यक्तिलाई, जहाँसम्म सबैलाई थाहा छ, हाम्रो कार्यले हानी पुगेको छैन। तर अमेरिका र अस्ट्रेलिया सरकारले विगत केही महिनाभित्र मात्रै हजारौँलाई मारेको छ।

अमेरिकी रक्षामन्त्री रोबर्ट गेट्सले अमेरिकी कंग्रेसलाई पठाएको पत्रमा स्वीकार गरेका छन्- अफगान युद्धबारे खुलासा गरिँदा कुनै पनि संवेदनशील खुफिया स्रोत र विधिहरू खुलाइएका छैनन्। पेन्टागनले(अमेरिकी रक्षा मन्त्रालय)भनेको छ- विकिलिक्स रिपोर्टले अफगानिस्तानमा कसैलाई हानी पुगेको छैन। नेटोले सिएनएनलाई काबुलमा भनेको छ- उसले रक्षा गर्नुपर्ने कुनै एक व्यक्तिलाई पनि खोज्न सकेको छैन। अस्ट्रेलियाली रक्षा मन्त्रालयले पनि त्यही भनेको छ। हामीले प्रकाशन गरेको विषयले कुनै पनि अस्ट्रेलियाली सेना वा स्रोतलाई हानी पुगेको छैन।

तर हाम्रा प्रकाशनहरू महŒवपूर्ण भएनन्। अमेरिकी कूटनीतिक केबलले केही अचम्मलाग्दा तथ्यहरू खुलासा गरेको छ-
-अमेरिकाले अन्तर्राष्ट्रिय सन्धिविपरीत आफ्ना कूटनीतिज्ञहरूलाई राष्ट्रसंघीय अधिकारीहरू र मानवअधिकारवादी समूहहरूको डिएनए, औंठाछाप, इरिस स्क्यान, क्रेडिट कार्ड नम्बर, इन्टरनेट पासवर्ड, आइडी फोटोहरू चोर्न भनेको छ। अस्ट्रेलियाका राष्ट्रसंघीय कूटनीतिज्ञहरू पनि तारो बनेका हुनसक्छन्।
-साउदी अरेबियाका राजा अब्दुल्लाहले जोर्डन र बहराइनका अमेरिकी अधिकारीहरूसँग इरानको परमाणु कार्यक्रम जुनसुकै उपायबाट पनि रोक्न आग्रह गरेका छन्। बेलायतको इराक छानबिन अमेरिकी चासो रक्षा गर्न फिक्स गरिएको थियो। स्वीडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को लुकेको सदस्य हो र अमेरिकी खुफिया जानकारी संसदसँग लुकाइएको छ।
-गुआन्टानामो खाडीबाट रिहा गरिएका बन्दीहरू अरु देशलाई ग्रहण गर्नु भनेर अमेरिकाले निकै चाल चल्यो। स्लोभेनियाले एउटा बन्दी लिने सर्तमा मात्रै बाराक ओबामा स्लोभेनियाली राष्ट्रपतिलाई भेट्न राजी भए र हाम्रो प्रशान्त छिमेकी किराबाटीलाई लाखौं डलरको प्रलोभन दिइयो बन्दी स्वीकार गर्न।
-पेन्टागन पेपर मुद्दामा ऐतिहासिक फैसला दिँदै अमेरिकी सर्वोच्च अदालतले भनेको थियो, 'सरकारभित्रको धोकाधडीलाई खुलासा गर्ने काम स्वतन्त्र र बन्देजरहित प्रेसले मात्रै सफलताका साथ गर्न सक्छ।'

विकिलिक्सको वरपर आज आएको आँधीले सबै मिडियाको सत्य खुलासा गर्ने त्यो अधिकार रक्षा गर्नुपर्ने आवश्यकता उजागर गरेको छ।


(अष्ट्रेलियाबाट प्रकाशित हुने दैनिक पत्रिका 'द अष्ट्रेलियन' मा मंगलबार प्रकाशित लेखको भावानुवाद)

WebNagarikNews.com