Nepal Republic Media Pvt. Ltd.

Wednesday
Jun 03rd

विकिलिक्स समर्थकको पेज फेसबुकमा प्रतिबन्धित

smaller text tool iconmedium text tool iconlarger text tool icon
वासिङटन- फेसबुकले विकिलिक्स समर्थक ह्याकरहरुको समूहले सञ्चालन गरेको अपरेसन पेब्याक पेजलाई प्रतिबन्ध लगाएको पुष्टि गरेको छ।

अपरेस पेब्याक विकिलिक्सलाई प्रतिबन्ध लगाउने साइटहरुमाथि आक्रमण गर्दे उद्देश्यका साथ स्थापना भएको बताइन्छ। यो समूहले फेसबुक र ट्विटरबाट आक्रमणको घोषणा गर्दै आएको छ।

यसले पेपाल, मास्टरकार्ड र स्वीस बैँकका साइटमा आक्रमण गरी साइट बन्द गर्न बाध्य बनाएको छ।

फेसबुकका प्रवक्ताले गैरकानुनी ह्याकिङलाई प्रवर्द्धन गर्ने किसिमका सामाग्री राखेको भन्दै पेजलाई हटाएको स्वीकार गरेको छ। विकिलिक्सको पेजले भने फेसबुकका नीतिहरु उल्लङ्घन नगर्ने भएकोले त्यसलाई कायमै राखिने फेसबुकले बताएको छ।
WebNagarikNews.com