बिकिलिक्सको समर्थनमा ह्याकरले स्विडेनको सरकारी वेव बन्द गराए

smaller text tool iconmedium text tool iconlarger text tool icon
स्टकहोम, मंसिर २३ - विकिलिक्स तथा यसका संचालक जुलियन असान्जको समर्थनमा रहेका ह्याकरहरुको साइबर आक्रमणबाट बिहीबार स्विडिस सरकारको आधिकारिक वेवसाइट केही घन्टा अवरुद्ध भएको छ। सरकारी वेवसाइटलाई ह्याकहररुले मध्यरातदेखि बिहीबार बिहानसम्म अवरुद्ध बनाएका थिए।
ह्याकरहरुको आक्रमणपछि सरकारी वेवसाइटमा सर्वर फेला नपरेको सूचना देखिएको थियो। यो वेव दिउँसोदेखि भने सुचारु भएको छ।
सरकारी प्रवक्ता मेरी टर्नवोले भने एएफपीसँग कुरा गर्दै ह्याकरको आक्रमणमा वेवसाइट परे नपरेको अहिल्यै भन्न नसकिने बताइन्। सुरक्षाको विषय भएकाले अहिले नै साइवर आक्रमण हो या होइन भन्न नसकिने उनको टिप्पणी थियो। अस्ट्रेलियाका ३९ वर्षीय असान्ज बेलायत प्रहरीको हिरासतमा छन्। स्विडेनमा बलत्कारको आरोप लागेका असान्जलाई बेलायत प्रहरीले गिरफ्तार गरेको हो। -एजेन्सी
WebNagarikNews.com