Error
  • Error loading feed data.

विश्व

जर्मनीमा धूमधामसँग मनाइयो तीज

जर्मनी, म्युनिख- हिमालयन परिवार म्युनिखले ढिलैगरी भए पनि भब्य सांस्कृतिक कार्यक्रमका बीच तीज पर्व मनाएको छ । म्युनिखबासी महिलाको व्यापक सहभागिता रहेको त्यस कार्यक्रममा जर्मन बायर्न क्षेत्रका लागि अवैतानिक नेपाली वाणिज्य दूत लुड्विग अलेक्जेण्डर ग्राइसेल्ड प्रमुख अतिथिको रुपमा उपस्थित थिए।
विस्तृतमा

घाँटीमा खाना अड्किएर मलेसियामा नेपालीको मृत्यु

वरुण पनेरु, डडेल्धुरा, भदौ १६- रोजगारीका लागि मलेसिया गएका डडेल्धुराका एक युवकको मृत्यु भएको छ। कोटेली गाविस–३ कोटेली गाउँका २२ वर्षीय यादवप्रसाद भट्टको मङ्गलबार राति मृत्यु भएको हो। ७ महिनाअगाडि त्यहाँ पुगेका भट्टको खाना खाइरहेका बेला अचानक घाँटी दुखेको र केही समयपछि मृत्यु भएको बताइएको छ।
विस्तृतमा

फेसबुक सन्देशले पार्‍यो फन्दामा

वासिङटन, भदौ १५ (एपी)- आफ्नी गर्लफ्रेन्डको फेसबुक पेजमा एउटा सन्देश देखेपछि यातना दिँदै चार दिनसम्म थुनेको अभियोगमा क्यालिफोर्निया निवासी एक पुरुषलाई प्रहरीले हिरासतमा राखेको छ।
विस्तृतमा

'गोर्खामाथि विश्वासघात' गरेको आरोप

काठमाडौं, भदौ १५ (नागरिक)- बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन तथा उपप्रधानमन्त्री निक क्लेगमाथि गोर्खा सैनिकलाई 'विश्वासघात' गरेको आरोप लागेको छ।

विस्तृतमा

संविधान संशोधन गरेर फेरि राष्ट्रपति बन्ने राजापाक्सेको दाउ

कोलम्बो, भदौ १४ (एएफपी)- श्रीलंकाको मन्त्रिपरिषद्ले राष्ट्रपति महिन्दा राजापाक्सेलाई तेस्रो कार्यकालका लागि निर्वाचनमा सहभागी हुन बाटो खुल्ने गरी संविधान संशोधन गर्ने प्रस्तावको समर्थन गरेको छ। यो कदमपछि संसदमा यो प्रस्तावमाथि मतदान हुने भएको छ।
विस्तृतमा

भारत र चीनको सम्बन्ध बिग्रँदै

नयाँ दिल्ली, भदौ ११ (एएफपी)- भारत र चीनबीच कुटनीतिक तिक्तता देखिएको छ। दुवै देशले एकअर्काका रक्षा अधिकारीहरुलाई आफ्नो देशमा प्रवेश अनुमति नदिएपछि दुई देशबीच तनाव देखिएको हो। दुई देशबीचको उच्चस्तरी रक्षा सम्पर्कअनुसार चीन जान लागेका एक भारतीय लेफ्टिनेन्ट जनरल बी एस जैसवाललाई चीनले आफ्नो देशमा भ्रमणमा आउन अनुमति नदिएपछि यो विवाद सुरु भएको हो।
विस्तृतमा

चिट चोर्ने पाँच न्यायाधीश निलम्बित

हैदरावाद, भारत, भदौ ११ (पिटिआई) - भारतको आन्ध्र प्रदेश राज्यको उच्च न्यायालयले परीक्षामा चिट चोर्ने पाँच न्यायाधीशलाई निलम्बन गरेको छ।ती न्यायाधीश एलएलएमको परीक्षामा संलग्न रहेका थिए।
विस्तृतमा

९६ यात्रु बोकेको विमान दुर्घटना

काठमाडौँ, भदौ ८ (नागरिक)- नेपालमा विमान दुर्घटना भएर १४ जनाको मृत्यु भएकै दिन चीनको हेइलङजियाङ प्रान्तमा ९६ यात्रु बोकेको विमान दुर्घटना भएको छ। हेनान एअरलाइन्सको सो विमान यिचुन सहरको लिन्डु विमानस्थल नजिकै स्थानीय समय अनुसार राति १० बजेर १० मिनेट जाँदा दुर्घटना भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

विस्तृतमा

मदन तामाङको हत्याका आरोपी सीआईडी हिरासतबाट फरार

काठमाडौँ, भदौ ६ (नागरिक)- अखिल भारतीय गोर्खा लिगका अध्यक्ष मदन तामाङको हत्याका प्रमुख आरोपी तथा गोर्खा जनमुक्ति मोर्चाका नेता निकोल तामाङ सीआईडीको हिरासतबाट आज बिहान फरार भएका छन्।
विस्तृतमा
Page 4 of 7
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld