Error
  • Error loading feed data.

विश्व

चीनको बम बिष्फोटमा सातको मृत्यु

पूर्ण बस्नेत, हङकङ, भदौ ३- सुदूरपश्चिम चीनको सिन्ज्याङमा बम विस्फोटनमा परी सात जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो अक्सु सहरमा भएको बिस्फोटबाट १४ जना गम्भीर घाइते भएका छन्। बिष्फोटक पदार्थ भएको तीन पाङ्ग्रे सवारी बिष्फोट भएपछि उक्त घटना भएको हो।
विस्तृतमा

सरकारले 'वास्तविक युद्धविराम' गरे भारतीय माओवादी वार्तामा आउने

नयाँ दिल्ली, भदौ २ - भारतीय माओवादीका एक शीर्ष नेताले वार्ताका लागि सरकारले वास्तविक युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन्। माओवादीका वरिष्ठ नेता तथा सैन्य विभाग प्रमुख कोटेश्वर रावले 'सरकारका लागि शान्ति प्रकृया अघि बढाउन यो अन्तिम मौका' भएको बताएका छन्।
विस्तृतमा

पहिरोमा डेढसय चिनियाँको मृत्यु, दुई हजार बेपत्ता

हङकङ, साउन २४ - चीन स्वशासित तिब्बत क्षेत्रको गान्सु प्रान्तमा शनिबार मध्यराती बाढी र पहिरोले बगाएर एक सय सत्ताइस जनाको मृत्यु भएको छ। दुई हजार जना हराइरहेको चीनको नागरिक मामिला मन्त्रालयले जनाएको छ।
विस्तृतमा

माओवादीद्वारा भारतमा ठूलो आक्रमण

काठमाडौं, साउन १९- भारतको छत्तीसगढ राज्यको दन्त्यवाडामा माओवादीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबै राज्य प्रहरी छन्। ४५ प्रहरी हराइरहेको टाइम्स अफ इण्डियाले जानकारी दिएको छ। उसका अनुसार अहिले पनि घटनास्थलमा दुवै तर्फबाट गोली हानाहान भइरहेको छ।
विस्तृतमा

इरानी राष्ट्रपतिमाथि बम प्रहार

तेहरान, साउन १९ (बिबिसी)- इरानका राष्ट्रपति मोहमुद अहमदिनेजादको हत्या प्रयास भएको छ। दक्षिणी इरानमा उनी चढेको सवारीमाथि बम आक्रमण भएको थियो। एउटा र्‍यालीलाई सम्बोधन गर्नका लागि हमेदान सहरमा पुगेका अहमदिनेजादमाथि बम प्रहार भएको हो।
विस्तृतमा

१५२ यात्रुसहितको विमान दुर्घटना

१५२ यात्रुसहितको विमान दुर्घटना सरकारद्वारा राष्ट्रिय शोक मनाउने निर्णय-
इस्लामावाद, साउन १२ (एजेन्सी)- १ सय ५२ यात्रुसहित उडेको पाकिस्तानी विमान इस्लामावाद बाहिर दुर्घटनामा परेको छ। घटनास्थलमा फेला परेका ६ जनालाई उपचारका लागि अस्पताल लगिएको पाकिस्तान सरकारले जनाएको छ। २० जनाको शव घटनास्थलमा फेला पारिएको छ। अहिले त्यहाँ उद्धार कार्य जारी छ। 
विस्तृतमा

समुद्री टापुमा चीन-अमेरिका तनाव

पूर्ण बस्नेत, हङकङ, साउन १०- दक्षिण चीनका उच्च रणनीतिक महत्वका विवादित समुद्री टापुमा प्रत्यक्ष चासो देखाएर अमेरिकाले चीनलाई नयाँ कूटनीतिक चुनौती दिएको छ।
विस्तृतमा

हात्तीको निधनमा तीन दिन शोक

ढाका, साउन ८- बङ्गलादेशको सबैभन्दा ठूलो एक चिडियाखानाले त्यहाँको एकसय वर्ष उमेरको हात्तीको आज निधन भएकोमा त्यसको तीनदिनसम्म शोक मनाउने घोषणा गरेको छ।
विस्तृतमा

'तियानमेन डायरी' प्रकाशन रद्द

हङकङ, असार ८ -मंगलबार बजारमा आउने भनिएको चीनका पूर्व प्रधानमन्त्री ली पेङको तियानमेन घटनासँग सम्बन्धित विवादास्पद डायरीको प्रकाशन रद्द भएको छ।
विस्तृतमा
Page 5 of 7
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld