Error
  • Error loading feed data.

विश्व

दक्षिण चीनमा भीषण वर्षाबाट डेढ सयको मृत्यु

पूर्ण बस्नेत, हङकङ, असार ६- दक्षिण चीनमा आएको बाढी–पहिरोमा परी आइतबार बिहानसम्म १ सय ३२ जनाको मृत्यु भएको छ भने पहिरोमा परेका दुई दर्जनसहित ८६ जना हराइरहेका छन्।  एक सातापहिले सुरु भएको भारी वर्षाले दुई लाख असी हजार मानिस प्रभावित भएको बाढी नियन्त्रण तथा राहत वितरण कार्यालयले जनाएको छ।
विस्तृतमा

बुद्धको तालुको हड्डी चीनमा भेटियो

बुद्धको तालुको हड्डी चीनमा भेटियो

हङकङ, असार ६  (नागरिक)- चीनको नानचिङस्थित बौद्ध गुम्बाबाट शाक्यमुनी बुद्धको तालुको हड्डी उत्खनन गरिएको छ। सुनको कफिनमा राखिएको अवस्थामा भेटिएको चट्टानको टुक्रा जस्तो वस्तु बुद्धको तालुको हड्डी भएको चिनियाँ पुरातत्वविद् तथा बौद्ध भिक्षुहरूले पुष्टि गरेका छन्। पूर्वी चीनको च्याङ्सु प्रान्तको राजधानी नानचिङस्थित छिस्या गुम्बामा गत शनिबार बिहान बौद्ध परम्पराअनुसार धुमधामको पूजा आयोजना गरी हड्डी उत्खनन गरिएको समारोहमा सहभागी चिनियाँ बुद्धिस्ट एसोसिएसनका अध्यक्ष मास्टर छुवान यिनले बताए। चट्टानको टुक्रा जस्तो देखिने खैरो रंगको हड्डी सम्राट अशोकको प्यागोडामा राखिएको अवस्थामा भेटिएको थियो। नानचिङ नगर संग्रहालयका उपप्रमुख हुवा रुङलाई उद्धृत गर्दै चाइना डेलीले लेखेको छ, 'मसिना कोष जस्ता छिद्र भएकाले हड्डी मौरीको चाका जस्तो देखिन्छ।'बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष सुए छङ्गले उत्खननको नतिजा बुद्धको तालुको हड्डीसम्बन्धी ऐतिहासिक रेकर्डअनुसार प्रमाणित भएको दाबी गरेका छन्।

विस्तृतमा

बुद्धको तालु भेटिएपछि चिनिया भिक्षुद्वारा उत्सव

पूर्ण बस्नेत, हङकङ, असार ४- चीनको नानचिङस्थित बौद्ध गुम्बाबाट शाक्यमुनी बुद्धको तालुको हड्डी उत्खनन् गरिएको छ। सुनको कफिनमा राखिएको अवस्थामा भेटिएको चट्टानको टुक्रा जस्तो वस्तु बुद्धको तालुको हड्डी भएको चिनियाँ पुरातत्वविद् तथा बौद्ध भिक्षुहरूले पुष्टि गरेका छन्।
विस्तृतमा

पत्रकारलाई लगेको विमानको आपतकालीन अवतरण

जोहानसबर्ग - विश्वकपको समाचार संकलन गरिरहेका पत्रकारलाई बोकेको विमानलाई जोहानसबर्ग नजिकै आपतकालिन अवस्थामा अवतरण गराउनुपरेको छ।
विस्तृतमा

चीनको तियानमेन घटना देङको निर्देशनमा भएको खुलासा

पूर्ण बस्नेत, हङकङ, जेठ २२- चीनको तियानमेन स्क्वायरमा २१ वर्षअघि विद्यार्थी विद्रोह दबाउन सरकारले गरेको आमहत्यामा चर्चित चिनियाँ नेता देङ सियाओपिङको भूमिका रहेको खुलासा भएको छ। तत्कालीन चिनियाँ प्रधान मन्त्री ली पेङले आफ्नो प्रकाशोन्मुख पुस्तकमा देङको निर्देशनअनुसार कदम चालेको दाबी गरेका छन्।
विस्तृतमा

रेलमाथि माओवादी आक्रमण हुँदा ६५ यात्रुको मृत्यु

मुम्बाइ, जेठ १४ (एजेन्सी)- भारतीय माओवादीले एक रेलमाथि आक्रमण गर्दा कम्तिमा ६५ यात्रुको मृत्यु भएको छ। आक्रमणपश्चात सो रेल आफ्नो ट्र्याकबाट बाहिरिएपछि सो दुर्घटना भएको थियो।

विस्तृतमा

एयर इन्डियाको विमान दुर्घटना कम्तिमा १ सय ६० को मृत्यु

मङ्गलोर, जेठ ८ - दुबईबाट १ सय ७३ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेस एयरक्राफ्ट मङ्लोर विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनामा हुँदा कम्तिमा १ सय ६० जनाको मृत्यु भएको छ। विमानस्थलभन्दा १० किलोमिटर नजिकको एक स्थानमा विमान दुर्घटना भएको हो। कर्नाटक राज्यका गृह मन्त्री भीएच आचार्यले घटनाको जानकारी दिँदै विमानमा आगो लागेको बताए।
विस्तृतमा

चिलीमा ८.८ रेक्टर स्केलको भूकम्प

४७ मरेको पुष्टि, सुनामी आउन सक्ने-
काठमाडौं, फागुन १५- चिलीमा २५ वर्षयताकै सबैभन्दा ठूलो भूकम्प गएको छ। ८ दशमलव ८ रेक्टर स्केल क्षमताको भूकम्प गएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। अहिलेसम्म ४७ जना मरेको सार्वजनिक भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भूकम्पमा परेर मर्नेको सङ्ख्या धेरै हुन सक्ने अनुमान छ।
विस्तृतमा

कार्टरद्वारा उत्तेजक कार्य रोक्न आग्रह

काठमाडौं, माघ २१ (नागरिक)- संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले सबै पक्षलाई उत्तेजक आलोचना तथा कार्य रोक्न आग्रह गरेका छन्। नेपालको ऐतिहासिक शान्ति प्रक्रियाको मार्गदर्शक दस्तावेजमा समाहित शान्ति, प्रजातन्त्र, न्याय, मानवअधिकार, कानूनको राज्य तथा प्रेस स्वतन्त्रताका सिद्धान्तहरुमा फर्कन पनि उनले सबैलाई भनेका छन्।
विस्तृतमा
Page 6 of 7
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld