Error
  • Error loading feed data.

विश्व

विकिलिक्स संस्थापक लाइभ च्याटमा

काठमाडौँ, मंसिर १७ (नागरिक)- विकिलिक्सका संस्थापक जुलियन असान्जले विश्वभरका पाठकसित अज्ञात स्थलबाट आज लाइभ च्याट गर्ने भएका छन्। लाइभ च्याटका लागि उनी नेपाली समय अनुसार पौने ७ बजे (बेलायती समय अनुसार दिउँसोको १ बजे) देखि उपलब्ध हुनेछन्।  
विस्तृतमा

विकिलिक्सको पुरानो साइट बन्द, स्विट्जरल्यान्डबाट नयाँ खुला

लन्डन, मंसिर १७ (एजेन्सी)- 'डोमेन नेम सर्भिस' (डीएनएस) उपलब्ध गराउने कम्पनीले अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको विकिलिक्स डट ओआरजी  बन्द गरिदिएपछि उसले स्विट्जरल्यान्डबाट विकिलिक्स डट सीएच नयाँ डोमेनबाट साइट सुचारु गरेको छ।
विस्तृतमा

विकिलिक्स संस्थापक 'आज बेलायतमा गिरफ्तार हुनसक्ने'

लन्डन, मंसिर १७ (एजेन्सी)- गोप्य अमेरिकी कूटनीतिक दस्तावेज सार्वजनिक गरेर विश्वभर तहल्का मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्जलाई आज बेलायतमा गिरफ्तार गर्न सकिने 'डेली मेल'ले जनाएको छ।
विस्तृतमा

'राष्ट्रपति राजापाक्ष युद्ध अपराध संलग्न'

कोलम्बो, मंसिर १६ (बीबिसी)- तलिम विद्रोहीविरुद्धको युद्धका क्रममा सन् २००९ मा ठूलो संख्यामा सर्वसाधारण तलिमको हत्याका घटनामा श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष संलग्न रहेको एक अमेरिकी कुटनीतिकले दाबी गरेका छन्।
विस्तृतमा

दुई अर्ब अमेरिकी डलर दान

नयाँ दिल्ली, मंसिर १६- भारतका एक सूचना तथा सञ्चार (आइटी) क्षेत्रका धनाढ्य अजिम प्रेमजीले भारतका गाउँहरूमा शिक्षा र विकास कार्यक्रम सञ्चालन गर्ने कोषमा करिब २ अर्ब अमेरिकी डलर बराबर आफ्नो सेयर दान दिएका छन्।
विस्तृतमा

मुसर्रफलाई भारतले भिसा दिएन

काठमाडौँ, मंसिर १६ (एजेन्सी)- भारतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई भिसा दिन अस्वीकार गरेको छ। उनी नयाँ दिल्लीमा एउटा गोष्ठीमा सहभागी हुन आउन लागेका थिए।
विस्तृतमा

मेरो छोराको ज्यानमा खतराः विकिलिक्स संस्थापककी आमा

काठमाडौँ, मंसिर १६ (नागरिक)- अमेरिकी गोप्य दस्तावेजहरु सार्वजनिक गरेर विश्वमा हलचल मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्गेकी आमाले आफ्ना छोराको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो छोराले चुनौति दिइरहेको शक्ति 'निकै ठूलो' भएको बताएकी छन्।
विस्तृतमा

विकिलिक्स प्रकरण प्रतिरक्षा गर्न अमेरिकी राजदूत सक्रिय

काठमाडौं, मंसिर १५ (नागरिक)- विकिलिक्समार्फत् सार्वजनिक हुन लागेका दस्तावेजका कारण नेपाल-अमेरिका सम्बन्धमा असर नपरोस् भन्दै अमेरिकी राजदूतले परराष्ट्रमन्त्री सुजाता कोइरालासँग छलफल गरेका छन्। बुधबार परराष्ट्रमन्त्री कोइरालासँग भेटेका राजदूत स्कट एच डेलिसीले यो विषयले नेपाल-अमेरिका सम्बन्धमा कुनै असर पर्नु नहुने उल्लेख गरे।
विस्तृतमा

विकिलिक्सका संस्थापक इन्टरपोलको 'मोस्ट वान्टेड'मा

काठमाडौँ, मंसिर १५ (एजेन्सी)- गोप्य दस्तावेजहरु सार्वजनिक गरेर विश्वभर तहल्का मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्गेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले 'रेड नोटिस' जारी गरेको छ। तर यो नोटिस विकिलिक्सले हालै जारी गरेको अमेरिकी दूतावासहरुका गोप्य दस्तावेजसँग सम्बन्धित भने छैन।
विस्तृतमा
Page 2 of 7
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld