Nepal Republic Media Pvt. Ltd.

Wednesday
Jun 03rd
Error
  • Error loading feed data.

घाँटीमा खाना अड्किएर मलेसियामा नेपालीको मृत्यु

smaller text tool iconmedium text tool iconlarger text tool icon
वरुण पनेरु, डडेल्धुरा, भदौ १६- रोजगारीका लागि मलेसिया गएका डडेल्धुराका एक युवकको मृत्यु भएको छ। कोटेली गाविस–३ कोटेली गाउँका २२ वर्षीय यादवप्रसाद भट्टको मङ्गलबार राति मृत्यु भएको हो। ७ महिनाअगाडि त्यहाँ पुगेका भट्टको खाना खाइरहेका बेला अचानक घाँटी दुखेको र केही समयपछि मृत्यु भएको बताइएको छ।

'गरिबीका कारण ऋण काटेर छोरालाई विदेश पठाएको थिएँ', बाबु नन्दराज भट्टले भने- मङ्गलबार राति अचानक मृत्यु भएको खबर आयो। यादव ७ महिनादेखि मलेसियाको कम्प्युटर कम्पनीमा कम्प्युटर अपरेटरका रुपमा काम गर्दै थिए।

काम राम्रै छ भनी केही दिनअगाडि फोन गरेको थियो। बाबु नन्दराजले नागरिकसित भने- फोनमा आएको जानकारीअनुसार खाना खाइरहेका बेला खाना घाटीमा रोकिएर मृत्यु भएको हो।

यादवको शव नेपाल ल्याउने तयारी भइरहेको छ।
प्रतिक्रियाहरू (3)Add Comment
0
anji
September 02, 2010
82.9.63.238
भोट: +0
...

yasto pani mrityu ko karan hunn6 hai ?khana adkiyera smilies/shocked.gif

0
Hom Wagle
October 12, 2010
113.199.139.2
भोट: +1
...

oh ! no.

0
lokraj sharma
December 05, 2010
78.100.60.78
भोट: +0
...

यस्तो पनि हुन्छ र?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld