प्रमुख दलका शीर्ष नेताको बैठक अबदेखि दैनिक बस्ने

E-mail Print
(0 votes, average 0 out of 5)
संवैधानिक समितिको बैठक बस्दै/उठ्दै-
माधव ढुङ्गेल, काठमाडौं, फागुन १७- प्रधान मन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानका विवादमा सहमति जुटाउन बिहीबारदेखि प्रमुख दलका शीर्ष नेताहरूको बैठक दैनिक बस्ने बताएका छन्। सभामुख सुवासचन्द्र नेम्वाङसँग बुधबार भएको भेटमा उनले यस्तो जानकारी दिएका हुन्।

प्रधान मन्त्री भट्टराईले फागुन महिनाभरिमा शान्ति प्रक्रिया टुङ्गिने पनि बताएको सभामुख नेम्वाङले बताए। भेटमा सभामुखले दलका प्रमुख नेताहरूले शान्ति प्रक्रिया र संविधान निर्माणका कामलाई प्राथमिकता नदिएको गुनासो गरेका थिए।

'शान्ति र संविधानबारे यति दिनमा सहमति हुन्छ भनेर प्रमुख दलका नेताहरूले भनिरहनुभएको छ तर घोषणा कार्यान्वयन भएको छैन', प्रधान मन्त्रीसँगको भेटमा सभामुखले गुनासो गरे- परिणाम देखिने गरी दलहरूबीच छलफल भएको छैन। उनले संवैधानिक समितिको बैठक पनि बस्दै–उठ्दै मात्र गरेको बताए।

संविधान निर्माणको काम प्रक्रियाबाट अघि बढाउन नियमावली संशोधन समितिले प्रतिवेदन नै तयार पार्न नसकेको पनि नेम्वाङले बताए। सेना समायोजन विशेष समितिका संयोजक रहेका प्रधान मन्त्रीलाई शन्ति प्रक्रिया टुङ्ग्याएर संविधान निर्माणको वातावरण तयार पार्न आग्रह गरेको बैठकपछि नेम्वाङले सञ्चारकर्मीलाई बताए।

यसअघि बसेको तीन दलका शीर्षनेताको बैठकमा सहमतिका लागि प्रस्ताव ल्याउन जिम्मेवारी तोकेको थियो। जसअनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति प्रक्रिया, एमाले नेता माधवकुमार नेपाललाई संविधान निर्माण र कङ्ग्रेस सभापति सुशील कोइरालालाई विगतका सहमति कार्यान्वयनबारे प्रस्ताव ल्याउन जिम्मेवारी तोकेको उल्लेख गर्दै नेम्वाङले भने- त्यसपछि पनि ३–४ दिनमा एउटै बैठक बसेको छैन।' जेठ १४ आउनै लाग्दासमेत दलका नेताहरूले संविधान निर्माणमा केन्द्रित हुनुको साटो राजधानीबाहिर पार्टीका कार्यक्रमलाई नै प्राथमिकता दिएकोमा उनले असन्तुष्टि पोखेका थिए। उनले दैनिक र लगातार बैठक बसी सबै विषय टुङ्गो लगाउन आग्रह गरेका थिए। जवाफमा प्रधान मन्त्रीले बिहीबार बिहान ८ बजे तीन दलको शीर्ष बैठक बस्ने र त्यसपछि निरन्तर बस्ने प्रधान मन्त्रीले आफूलाई बताएको सभामुखले जानकारी दिए।

सभामुखले मुख्य दलका शीर्ष नेताहरूलाई आग्रह गरे- फागुन १८ देखि निरन्तर र दैनिक बैठक बस्नूस्, परिणाम ल्याउनेगरी बैठक गर्नूस्।' उनले विवादित विषय टुङ्गोमा नपुगुञ्जेल कोही पनि नेतालाई राजधानी नछाड्न पनि आग्रह गरे।
प्रतिक्रियाहरू (1)Add Comment
0
lok raj bhatta
February 29, 2012
49.244.140.173
भोट: +0
...

desh vanda pyaro party hunale ta kura mildain.....!!!!

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता