खेतमा भेटियो बम

E-mail Print
(0 votes, average 0 out of 5)
तनहुँ, फागुन १७ (नागरिक)-लमजुङको भोर्लेटार-६ अर्चलेस्थित खेतमा बुधबार बेवारिसे अवस्थामा ल्याण्डमाइन बम फेला परेको छ। स्थानीय मनबहादुर भुजेलले गाईबस्तु चराउन जाने क्रममा खेतको बीचमा गाडेको अवस्थामा ल्याण्डमाइन भेटिएको हो। बम भेटिएपछि स्थानीय आतङ्कित भएको एकीकृत नेकपा माओवादीका लमजुङ सह इन्चार्ज मोहनहरी पौडेलले बताए।

२०५८ सालदेखि नेपाली सेनाले खडा गरेको क्याम्प क्षेत्रमा माइन फेला परेको हो। सेनाले त्यस क्षेत्रमा कुनै पनि जोखिम नभएको भन्दै गत वर्षमात्र क्याम्प छाडेको थियो। बम भेटिएको खेतदेखी करिब १ सय मिटरको दुरीमा स्थानीयको बस्ती रहेको पौडेलले बताए।

नेपाललाई गत वर्ष नै ल्याण्डमाइन मुक्त राष्ट्र घोषणा गरेपनि यस्ता माइन भेटिनु दुःखद भएको उनले बताए।

बम फेला परेको भन्दै स्थानीयले जानकारी गराएपछि तनहुँको खैरेनीटार स्थित ३ नम्बर बाहिनीबाट सेना पठाइ बुधबार साँझ नै बम डिष्पोज गरेको लमजुङका निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेले बताए।

'अनमिनको रोहबरमा यसअघि नै सबै बम हटाएर क्याम्प सरेको थियो।' उनले भने, 'खेत खन्ने क्रममा बम फेला परेको जानकारी पाएपछि सेना पठाएका हौ।' बम फेला परेको क्षेत्रमा सुरक्षा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको इलाका प्रहरी कार्यालयले भोर्लेटारले जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता