मधेसका मुद्दा सम्बोधन गर्न कांग्रेसमा छलफल

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, फागुन १७-नेपाली कांग्रेसले मधेसका मुद्दालाई प्रभावकारीरुपमा सम्बोधन गर्न नीति एवम् कार्यक्रम बनाउने उद्देश्यले छलफल कार्यक्रम सुरु गरेको छ। सभासद पार्टी पदाधिकारी एवम् केन्द्रीय सदस्य र बुद्धिजीवीहरूलाई समावेश गरेर मधेसका मुद्दालाई सम्बोधन गर्ने गरी कांग्रेसले छलफल सुरु गरेको हो।

प्रतिष्ठानका संयोजक एवम् पार्टी उपसभापति रामचन्द्र पौडेलले विगतमा कांग्रेसले के गर्‍यो र अब मधेसका एजेण्डालाई के कस्तो कार्यक्रम, नीति बनाएर लैजाने भन्ने बारेमा छलफल सुरु गरेको बताए।

छलफलमा सहभागीहरुले सङ्घीय संरचनामा तराईको अवस्था, नागरिकता र पहिचानको सवाल तथा विकास निर्माणका कार्यक्रमलाई काँग्रेसले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।

सांस्कृतिक, आर्थिक, सामाजिकरुपमा उत्पीडनमा रहेका मधेसी जनताको जीवनस्तरमाथि उठाउन र राज्यमा मधेसी जनताको पहुँच बढाउन राज्य र पार्टीगत तहबाट कार्यक्रम अभियानका रुपमा लानुपर्ने सुझाव पनि वक्ताहरूले दिएका थिए।

अझै पनि मधेसमा कांग्रेस शुभेच्छुकहरू बढी नै रहे पनि पार्टीभित्रको गुटबन्दी, आन्तरिक द्वन्द्व र गुटउपगुटको शृङ्खला समाप्त गरेर पार्टी सङ्गठन सुदृढ बनाउनुपर्ने सुझाव पनि कार्यक्रमका सहभागीहरूले दिएका थिए।

कार्यक्रममा पार्टी सभापति सुशील कोइरालाले तराई, पहाड र हिमालका जनताबीच रहेको भावनालाई टुट्न दिन हुँदैन बताएका थिए। उनले शान्ति प्रक्रिया कार्यान्वयन नभई अन्य काम अघि बढ्न सक्दैन भन्दै मधेसलगायतका सबै क्षेत्र र वर्गका जनताको हित हुने गरी कांग्रेसले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताए।

उपसभापति रामचन्द्र पौडेलले मधेसका समस्यालाई सम्बोधन गर्ने गरी पार्टीभित्र व्यापक छलफल गरेर नीति कार्यक्रम बनाएर केन्द्रीय समितिमा पेस गर्ने र अन्य मुद्दाहरूमा पनि छलफल अघि बढाउने उल्लेख गरे।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् सभासद्हरू डा रामशरण महत, रमेश लेखक, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, उषा गुरुङ, रामकृष्ण यादव, मोहम्मद अफताव आलम, सरस्वती चौधरी, कविता सरदार, श्रीकृष्ण यादव, डा मिनेन्द्र रिजाललगायतले कांग्रेस सत्तामा रहँदा शिक्षा, स्वास्थ्य, कृषि, सञ्चारलगायतका क्षेत्रमा धेरै काम गरे पनि सकारात्मकभन्दा नकारात्मक कामको बढी प्रचार भएकाले गरेको कामको पनि जस लिन नसकेको बताए।

यसैगरी केन्द्रीय सदस्यहरू कृष्णचन्द्र नेपाली, रामकुमार चौधरी, उमा रेग्मी, आनन्द ढुङ्गाना, रमेश रिजाल, बादशाह कुर्मी र दीपकुरमार उपाध्यायले विगतमा गरेका गल्ती सच्याएर काँग्रेसले सङ्गठन सुदृढीकरण, विकास निर्माण र राजनीतिक प्रशिक्षणलगायतका कार्यक्रम प्याकेजकै रुपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
arjun lamsal
February 29, 2012
115.134.221.173
भोट: +0
...

it indicates to change government. smilies/grin.gif

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता