भारोत्तोलनमा एकै दिन ६ राष्ट्रिय कीर्तिमान

E-mail Print
(0 votes, average 0 out of 5)
धनगढी, फागुन १७- स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराकासाथ सुदूरपश्चिममा फागुन १४ गते देखि जारी बृहत छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको भारोत्तोलनमा ६ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। सबै कीर्तिमान महिलातर्फ बनेको हो ।

प्रतियोगितामा ६९ केजीमा नेपाल प्रहरीकी तारादेवी पुन तथा ७५ केजीमाथि जनमुक्ति सेनाको (पिएलए) की राममाया थापाले समान ३-३ कीर्तिमान कायम गरे। दुवैले क्लिन एन्ड जर्क र कूल स्पर्धामा कीर्तिमान रचेका हुन्।

ताराले पहिला क्लिन एन्ड जर्कमा ८४ केजी भार उठाउँदै आफ्नै कीर्तिमानमा सुधार गरिन्। त्यसपछि लगत्तै क्लिन एन्ड जर्कमै ९१ केजी भार बहन गर्दै ताराले पुनः कीर्तिमानमा सुधार गरेकी थिइन्।


क्लिन एन्ड जर्कमा ९१ सहित स्न्याचमा ६६ केजी भार वहन गर्दै ताराले कूल १५७ केजी उचालिन्। कूल तर्फ पनि १५७ केजी नयाँ कीर्तिमान हो।

यसअघि क्लिन एन्ड जर्कमा ८३ केजी तथा कूलमा १५६ केजीको कीर्तिमान ताराकै नाममा थियो।

ताराले काठमाडौंमा २०६६ मा भएको खुला ग्रापी भारोत्तोलन च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएकी थिइन्। कूल ९० केजी भार उचालेकी पूर्वाञ्चलकी पुशो चौधरी दोश्रो तथा कूल ८१ केजी तौल उठाएकी मध्यपश्चिमाञ्चलकी कल्पना चौधरी तेश्रो भए।

यस्तै ७५ केजीमाथिमा पनि राममायाले सुरुमा क्लिन एन्ड जर्कमा ७४ केजी भार बहन गर्दै लक्ष्मी बनको नाममा रहेको ७३ केजीको कीर्तिमान भङ्ग गरिन्। अर्को प्रयासमा राममायाले क्लिन एन्ड जर्कमै ७७ केजी भार उठाउँदै कीर्तिमानमा सुधार गरिन्।

क्लिन एन्ड जर्कको ७७ र स्न्याचमा ५० सहित राममायाले कूल १२७ केजी भार उचालिन्। कूलतर्फको यो नयाँ राष्ट्रिय कीर्तिमान हो। कूलतर्फ पनि लक्ष्मी बनकै नाममा कीर्तिमान थियो। लक्ष्मीले १२६ केजीको कीर्तिमान नेपालगन्जमा भएको डब्लुएमके खुला भारोत्तोलन च्याम्पियनसिपमा बनाएकी थिइन्।

यसरी ६ वटा कीर्तिमान बने पनि तारा र राममायाको नाममा २-२ गरी चार वटा कीर्तिमान मात्र कायम रहने छन्।

कूल ११० केजी भार उचाल्दै प्रहरीकी लक्ष्मी बनले दोश्रो स्थानमा चित्त बुझाइन्। १०७ केजी भार उठाएकी पूर्वाञ्चलकी मनिता चौधरी तेश्रो स्थानमा सीमित भइन्।

त्यस्तै ७५ केजीमुनि सुदूरपश्चिमाञ्चलकी चम्पा ठकुल्लाले स्वर्ण चुमिन्। चम्पाले स्न्याचमा ४० र क्लिन एन्ड जर्कमा ५७ गरी कुल ९७ केजी भार बहन गरिन्।

दुईजना सहभागी यो स्पर्धामा पूर्वाञ्चलकी कान्ता भुजेल दोश्रो भइन्। उनले स्न्याचमा ३५ र क्लिन एन्ड जर्कमा ५२ गरी कूल ८७ केजी भार उचालिन्।

पुरुषको ८५ केजीमा मध्यमाञ्चलका नारायण श्रेष्ठ पहिलो भए। उनले स्न्याचमा ९२ र क्लिन एन्ड जर्कमा १२५ गरी कूल २१७ केजी भार उठाए। कूल १९८ केजीमा पूर्वाञ्चलका बच्छुलाल चौधरी दोश्रो तथा १९० केजीमा प्रहरीका गगन चन्द तेश्रो भए।

पुरुषको ९४ केजीको स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १ सय १५ गरी कूल २०५ केजी भार उचाल्दै पूर्वाञ्चलका रामदयाल मन्डल पहिलो भए।

कूल १९७ केजी भार उठाउदै सुदूरपश्चिमाञ्चलका गणेशबहादुर चन्द दोश्रो भए भने कूल १९२ केजी वजन उचालेका प्रहरीका हीराबहादुर थापाले तेश्रो स्थानमा चित्त बुझाए।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता