पूर्व लडाकुले दिए भूमिगत युद्ध गर्ने चेतावनी

E-mail Print
(0 votes, average 0 out of 5)
राहत र पुनस्थापना प्याकेज नदिएको गुनासो-
झापा, फागुन १७- बहिर्गमनमा परेका पूर्व एमाओवादी लडाकुहरूले तीन दिनभित्र आफूहरूको माग सम्बोधन नभए भूमिगत आन्दोलन गर्ने चेतावनी दिएका छन्।  सरकारले उनीहरूलाई तीन महिनाभित्र पुनःस्थापना तथा राहत प्याकेज ल्याउने आश्वासन दिएको भए पनि हालसम्म कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।

आज झापाको दमकमा आयोजित पत्रका रसम्मेलनमा उनीहरूले आफूहरूमाथि भिराइएको अयोग्यको बिल्ला खारेज र पुनःस्थापना प्याकेज नदिए सरकार र माओवादीविरुद्ध आन्दोलित हुने चेतावनी दिएका हुन्।

बहिर्गमनमा रहेका जनमुक्ति सेना नेपाल पूर्वी कमाण्ड मेचीद्धारा आयोजित पत्रकार सम्मेलनमा कमाण्डका संयोजक सुनिल लिम्बूले अपमानसहितको शान्ति आफूहरूले नचाहेको बताए।

उनले एकीकृत नेकपा माओवादीको नेतृत्वमा आफूहरूले राजतन्त्रको अन्तसँगै वर्गीय मुक्तिको आन्दोलनसमेत गरेको भन्दै वर्गीय मुक्तिका लागि पुनः सशस्त्र आन्दोलनमा होमिन आफूहरू तयार रहेको बताए।

फागुन २० गते राति १२ बजेसम्मको अल्टिमेटम सरकारलाई र मातृ पार्टी माओवादीलाई दिएको जनाउँदै सो अवधिमा माग सम्बोधन नभए सडक र गाउँबाट युद्धको सुरुवात गर्ने घोषणासमेत गरेका छन्।

शान्ति प्रक्रियासँगै क्यान्टनमेन्टमा बस्दै आएका लडाकुहरूमध्ये सातवटै मुख्य शिविर तथा सहायक शिविरहरूबाट २०६६ साल मङ्सीरमा अनमिनद्धारा अयोग्य प्रमाणित चार हजार आठजना लडाकु बहिर्गमनमा परेका थिए।  रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता