माओवादी लडाकुको १३ शिविर १० दिनभित्र खाली गर्ने निर्णय

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, फागुन १७- सेना समायोजन विशेष समितिको आज बसेको बैठकले माओवादी सेनाका लडाकुहरूको १३ वटा शिविर १० दिनभित्र खाली गरिने निर्णय गरेको छ। ती शिविरहरूको सुरक्षा नेपाली सेना र सशस्त्र प्रहरीलाई दिने निर्णयसमेत आजको बैठकमा भएको छ।

प्रधानममन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले स्वेच्छिक अवकाशमा जाने लडाकुहरूको विदाइ प्रक्रिया सम्पन्न भइसकेकाले देशभर रहेका सात मुख्य र २१ सहायक शिविरहरूमध्ये सहायक शिविरहरूलाई आठवटा कायम गरी १५ वटामा झार्ने निर्णय भएको अर्थमन्त्रीसमेत रहनुभएका विशेष समिति सदस्य वर्षमान पुनले जानकारी दिए।

कुन निकायको नजिकका शिविरहरू छन् त्यही आधारमा निर्णय गरिने र भौतिक सुरक्षा गर्न जिम्मा दिइने निर्णय भएको अर्थमन्त्री पुनले बताए।

यसैगरी शान्ति प्रक्रियालाई अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको र अब बस्ने बैठकमा समायोजनको आधारभूत प्रक्रियाका बारेमा निर्णय लिइने पुनले बताए।

नेपाली काँग्रेस र नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने सेना समायोजन विशेष समितिका सदस्यहरूले समितिको बैठक राख्न किन आनाकानी गरिएको भन्दै प्रधानमन्त्रीसँग चासो व्यक्त गरेका थिए।

नेपाली काँग्रेसका नेता डा रामशरण महतले सेना समायोजनको विषयमा समितिमा छलफल गर्नुपर्ने भएकाले नियमित बैठक राख्न प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए।

दलहरूको बीचमा सहमति गर्दै समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्ने भए पनि गत कात्तिक १५ गते प्रमुख राजनीतिक दलहरूको बीचमा भएको सात बुँदे सहमतिअनुसार नै समायोजनको प्रक्रिया सुरु गर्नुपर्नेमा आफूहरूले जोड दिएको नेता महतले बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता