राष्ट्रिय खेलकुद प्रतियोगिताले बढायो कन्डोमको व्यापार

E-mail Print
(0 votes, average 0 out of 5)
धनगढी, फागुन १७- यहाँ सुरु भएको बृहत् छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कन्डोम व्यापारमा वृद्धि भएको मेडिकल सञ्चालकहरूले बताएका छन्।

कैलालीको टीकापुर बजारमा रहेको निर्मला मेडिकल सेन्टरका रवीन देवकोटाले पहिलेभन्दा खेलकुद प्रतियोगिता सुरु भएयता आफ्नो मेडिकलबाट कन्डोम व्यापारमा अत्यधिक वृद्धि भएको बताएका हुन्।

रवीनले भने- म पहिले दैनिक ५० देखि ६० को हाराहारीमा कन्डोम बिक्री गर्थें तर खेल सुरु भएदेखि दैनिक ४५० भन्दा बढि बिक्री भएको छ।

पूर्व-पश्चिमराजमार्गमा पर्ने कैलाली जिल्लाकै अत्तरिया बजारमा विगत ९ वर्षदेखि मेडिकल सञ्चालन गर्दै आएका जीवन काफ्लेको पसलबाट पनि दैनिकको तुलनामा छैटौँ राष्ट्रिय खेल प्रतियोगिता सुरु भएपछि अन्य औषधिभन्दा कन्डोम धेरै बिक्री भएको बताएका छन्।

उनले रासससँग भने- यस पटकको राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल नारा नैं स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद छ त्यसैले पनि खेलाडीहरू आफ्नो स्वास्थ्यमा सचेत भएर होला असुरक्षित यौन सम्पर्कबाट हुनसक्ने विभिन्न यौनरोगबाट बचेर स्वस्थ हुँदै राष्ट्रका लागि खेल खेल्न थालेका छन्।

विश्वकप, ओलम्पिक, साफलगायतका खेलकुद प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरका नामुद खेलाडीहरूले आफ्ना महिला साथी, श्रीमती र फ्यानहरूलाई आफूसँगै लिएर जाने र यौन आनन्द प्राप्त गर्ने गरेकाले पनि यस छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि धेरै खेलाडीहरूले श्रीमान् श्रीमती, केटा र केटी साथी लिएर आएका छन्।

खेल खेल्नका लागि एउटा खेलाडीलाई यौन प्राप्तिका साथै त्यहीअनुरूपको खाना, ड्रेस र सहज वातावरणको आवश्यकता पर्ने मध्यमाञ्चलका भलिबल खेलाडी विनोद ढकालले राससलाई बताए।

तर आफूहरूको कन्डोम व्यापार वृद्धि हुनुको कारण खेलाडीमात्रै नभई खेलप्रमी दर्शकको पनि यस क्षेत्रमा उल्लेख्य मात्रामा वृद्धि हुनु हो भन्छन् धनगढी बजारमा अर्का मेडिकल सञ्चालक अनिल कार्की।

विभिन्न ३१ खेलमा भाग लिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, पाँच विकाश क्षेत्र, विश्वविद्यालय खेलकुद सङ्घ, पिएलए स्पोर्टस क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका रेफ्रि, सञ्चालक, व्यवस्थापक तथा अफिसियल गरी सात हजारभन्दा बढी व्यक्तिको उपस्थिति छ। रासस

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता