नेपालीलाई अब मकाउको 'भिसा फ्रि'

E-mail Print
(0 votes, average 0 out of 5)
पूर्ण बस्नेत, सांघाई, फागुन १८- 'अन अराइभल' भिसा रोकेको डेढ वर्षपछि चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले नेपालसँग 'फ्रि भिसा' सम्झौता गर्ने भएको छ। मंगलबार सरकारी मुख्यालयमा सर्बियासँग फ्रि भिसा सम्झौता गरेपछि मकाउका प्रशासन तथा न्याय मन्त्रालयका अधिकारीले नेपाल र रुससँग पनि छिट्टै सम्झौता हुने जानकारी दिएका हुन्।

'मकाउले द्विपक्षीय भिसा सम्झौता गरेको सर्बिया ९४ औं देश हो, सम्भवतः तीन महिनाभित्रै नेपाल र रुस यो सूचीमा संलग्न हुनेछन्,' मन्त्रालयका निर्देशक लाइलेङ किटलाई उद्धृत गर्दै मकाउ डेली टाइम्सले लेखेको छ।

सरकारले ठूलो मिहिनेतपछि अमेरिका तथा क्यानडासँग फ्रि भिसा सम्झौता गरेको जनाउँदै किटले मकाउका नागरिकको अन्तर्राष्ट्रिय सम्मान तथा पर्यटन वृद्धिका लागि यसो गर्नु आवश्यक भएको तर्क गरेका छन्।

चीनका लागि सर्बियाली राजदूतसँग भिसा सम्झौतामा हस्ताक्षर गरेपछि मकाउकी प्रशासन तथा न्यायमन्त्री फ्लोरिन्डा चाङले दुई देशबीच घनिष्ठ सम्बन्ध विकास गरी धेरै पर्यटक भिœयाउन यस्तो कदम चालिएको बताइन्। चाङले भनिन्, 'विश्व समुदायसँग सांस्कृतिक तथा आर्थिक सम्बन्ध वृद्धि गर्न हामी अन्य देशसँग पनि यस्तो सम्झौता गर्ने तयारीमा छौं।'

गैरकानुनी नेपाली कामदारको संख्या बढेको र उनीहरू लागूपदार्थको कारोबारमा समेत संलग्न भएको आरोप लगाउँदै १ जुलाई २०१० देखि मकाउले नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भियतनाम र नाइजेरियाका नागरिकलाई 'अन अराइभल' भिसा बन्द गरेको थियो। त्यसयता काठमाडौँस्थित चिनियाँ दूतावासबाट भिसा लिएर आउने नेपालीले मात्र मकाउमा प्रवेश पाउँथे।

फ्रि भिसा सम्झौता भएपछि एसियाकै ठूलो क्यासिनो बजार मकाउमा नेपालीलाई प्रवेश सहज हुनेछ। स्रोतका अनुसार फ्रि भिसा सम्झौता भ्रमणका लागि मात्र हुनेछ तर कामका लागि मकाउ आउन पनि यसले सहजीकरण भने गर्नेछ। मकाउमा करिब २ हजार ५ सय नेपाली कार्यरत छन्।

मकाउसमेत हेर्ने हङकङस्थित महावाणिज्य दूतावासले फ्रि भिसा सम्झौता तयारीबारे अहिलेसम्म जानकारी नआएको जनाएको छ। 'फ्रि भिसा सम्झौताबाट नेपालले फाइदा लिन सक्छ, तर मकाउ सरकारले अहिलेसम्म त्यसबारे हामीलाई जानकारी दिएको छैन,' वाणिज्यदूत किरण शाक्यले भने, 'दुई देशबीच त्यस्तो सम्झौता भयो भने नेपालीलाई मकाउ प्रवेश सहज हुन्छ, मकाउका पर्यटकलाई नेपाल जान प्रोत्साहन पनि हुन्छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता