बाटोमै हवाई इन्धन बिक्री

E-mail Print
(0 votes, average 0 out of 5)
अजित तिवारी, विराटनगर, फागुन १८- भारतको सिलिगुडीबाट नेपाल आयल निगमको विराटनगर डिपोका लागि ल्याइएको हवाई इन्धन बीचबाटोमै बिक्री भएको छ।

विराटनगरस्थित हवाई डिपो प्रमुख बासु भण्डारीले बाटोमै तेल बेचेको भनी निगमले यसबारे स्पष्टीकरण सोधेको छ। कम परिमाण देखिएपछि निगम क्षेत्रीयप्रमुख दीपक बरालको रोहबरमा तेल झिकिएको ट्यांकर सिल गरिएको छ।
भण्डारीलाई २४ घन्टाभित्र लिखित जवाफ दिन निगमको केन्द्रीय कार्यालयले स्पष्टीकरण मागेको हो। २० हजार लिटर हवाई इन्धन बोकेर सिलिगुडीबाट विराटनगर आइपुगेको ना१ख ३११४ नम्बरको गुरुमेल सिंहको टंयाकरमा ६ सय ६ लिटर कम तेल भेटिएपछि सिल गरिएको थियो। निगमका क्षेत्रीय प्रमुख बरालले सिलबन्दी गरेर कारबाही प्रक्रियामा गइसकेको टंयाकरको सिल भण्डारीले तोडेर हवाई इन्धन डिपोको भण्डारणमा खन्याएको बताए। ‘पाँचजनाको रोहवरमा मुचुल्का गरी सिल गरिएको टंयाकरबाट हवाई इन्धन खन्याउनु पर्ने के कारण भयो?,' निगमले भण्डारीलाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ, ‘२४ घन्टाभित्र जवाफ दिनू।'
इवाई इन्धन डिपोका प्रमुख भण्डारीले टंयाकरका चालकले बाटोमा तेल बेचेको दाबी गरे। उनले भने, ‘बदनाम गराउन मैले नै बाटोमा तेल बेचेको हल्ला फिँजाइएको छ।' भण्डारीले स्पष्टीकरणको जवाफ बुधबारै पठाउने जानकारी दिए। दुईसय ८० किलोलिटर(केल) क्षमताको विराटनगरस्थित हवाई इन्धनको डिपोबाट दैनिक ७ केल तेल खपत हुन्छ। टंयाकरमा कम पाइएको ६ सय ६ लिटर हवाई इन्धन टंयाकरका चालक श्याम माझीबाट ‘पूर्ति' गर्ने अर्को मुचुल्का डिपो प्रमुख भण्डारीले गराएका छन्।
‘हवाई इन्धन बोकेको टंयाकर आएपछि म र हवाई इन्धन डिपोका प्रमुखसँगै थियौं,' निगमका क्षेत्रीय प्रमुख बरालले नागरिकसँग भने, ‘टंयाकरमा इन्धनको परिमाण कम देखिएपछि भण्डारीजीले गाइँगुइँ गर्न थाल्नुभो, रोहबरमा गाडी सिल गरिदियांै।' मुचुल्का उठाएर सुरक्षित गरिएको टंयाकरको सिल तोडेर भण्डारीले डिपोमा तेल खन्याएपछि निगमको क्षेत्रीय कार्यालयले लिखित जानकारी केन्द्रीय कार्यालयलाई गराएको छ।
‘हवाई इन्धनको प्रमुखको नाताले मैले टंयाकरको तेल खन्याएको हो,' भण्डारीले नागरिकसँग भने, ‘टंयाकर चालकले बद्मासी गरेको र कम तेल तिर्ने लिखत गरेकाले इन्धन खन्याएको हो।' क्षेत्रीय कार्यालयले निगमको आपूर्ति वितरण विभागलाई पठाएको लिखितपत्रमा ‘गुणस्तर र परिमाण चेकजाँच गर्दा समस्या देखिएपछि सिल र भल्व बन्द गरेर राखिएको टंयाकरको तेल डिपोमा खन्याएको' उल्लेख छ। हवाई इन्धन पेट्रोलमा मिसाएर बेचिन्छ। पेट्रोल प्रति लिटर एकसय १६ रुपैयाँ र इवाई इन्धन प्रति लिटर एक सय ९ रुपैयाँ पर्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता