एमाले अध्यक्षलाई सम्पत्ति स्रोत खुलाउन चुनौती

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, फागुन १८ (नागरिक)- तराई मधेस लोकतान्त्रिक पार्टीले एमाले अध्यक्ष झलनाथ खनाल र अख्तियार आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई आफ्नो सम्पत्ति वैध प्रमाणित गर्न चुनौती दिएको छ। बुधबार दिउँसो सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल गएजस्तै खनालदेखि उपाध्यायसम्मलाई आफ्नो सम्पत्ति वैध पुष्टि गर्न चुनौती दिएको हो। केही दिनअघि मधेसका सबै दल 'भ्रष्टहरुको झुन्ड' हो भन्ने एमाले अध्यक्ष खनालको भनाइप्रति आक्रोशित हुदै बैठकले खनालको उक्त अभिव्यक्ति खेदजनक, गैरजिम्मेवार र हास्यास्पद भएको ठहर गरेको छ। 'तराईका दलहरुलाई भ्रष्ट देख्ने एमाले अध्यक्ष खनालको जीवनशैली आधुनिक सामन्तहरुको सरदारको जस्तो छ,' तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले बैठकपछि भने, 'उहाँलाई हामी आफ्नो सम्पत्ति वैध प्रमाणित गर्न चुनौती दिन्छौं।'

बैठकले प्रमुख दलका शीर्षनेता संघीयताबिनै संविधान ल्याउने तयारी रहेको ठहर गर्दै त्यसलाई मधेसले कुनै हालतमा स्वीकार नगर्ने निष्कर्ष निकालेको छ। मधेसलाई दुई प्रदेशमा विभाजन गरेको प्रति आपत्ति जनाउँदै आफूहरु समग्र मधेस एक प्रदेशभन्दा बाहिर जान नसक्ने निचोड निकालेको छ।

प्रतिक्रियाहरू (7)Add Comment
0
Naresh Das
March 01, 2012
141.0.9.227
भोट: +0
...

Ho,ma uha ko bhanai dekhi sahmat chu.Jab jab medheshi neta haru madhesh ko kura agadi badhaun khoj6 tab tab uniharulai dabaun bharstchar ko mudda lagaune garincha.kanun ta sabai ko lagi saman hoin ra?

0
Bidrohoi Kshetri
March 01, 2012
24.23.182.94
भोट: +0
...

Madesh hoina Terai..jati rajya hunchha tetti nai bhagma parnu parchha. Himal pahad terai milayera rajya/preadesh bannu parchha,

0
matrika dhungana
March 01, 2012
96.241.97.212
भोट: +0
...

yo sab prachand ji ko jhut bakabas r aafnu kairan ko arulaee dosh thuparnu bhanda sirf kehi hoeen?

0
volakanta.
March 01, 2012
58.96.126.43
भोट: +0
...

ke chha babu? Yestai ho jindagima.

0
Nabaraj
March 01, 2012
150.203.235.57
भोट: +0
...

Thanks for Khanal and Tarai Madhes Loktantrik party. Corruption ko case lai surface lyauna ko lagi sahayog garekoma. Ho sabaile aphno sampati ko source khulaunai parchha. Yesta corrupted le desh lai k banauchhan ta natra?

0
Milan Basnet
March 01, 2012
202.79.37.67
भोट: +0
...

यो देशका जति पहाडे भ्रस्ट नेता, कर्मचारी छन् तिनीहरुलाई करबाही गर्ने हिम्मत गर। कुनै पहाडी मुलको मान्छेले तेस्लाई राजनीतिक आवरण दिएर ढाकछोप गर्ने दुष्प्रयाश गर्ने छैन, हामी चिरन्जीवी जेल जादा खुसी हुने, एउटा ठकुरी ओम प्रकाश राना, रमेश चन्दहरुले सजाय पाउँदा हर्ष बिभोर हुने, एउटा गुरुंगको छोरो हेम बहादुर गुरुङ माथिको कारबाहीले उत्साहित हुने अनि कोही खड्गा, जोशी, खरेलप्रति साचिकै अपराध गरेका छन् भने पहाडियाको सहानुभूति नरहने तर मदेशी हुनुकै नाताले उन्मुक्ति पाउनुपर्छ भन्नु कतिको जायज होला? सिंचाई मन्त्रीका कर्तुत, बन मन्त्रीका कर्तुत दिन दिनै बाहिर आउँछन, येसरी देश लुटेको, आफूले तिरेको कर को हिसाब किताब नेपाली माग्छन त के बिराए? अनि झलनाथ खनाल भासन गर्छन् त के बिराए? उनीहरुका कला कर्तुत केही छन भने पनि बाहिर ल्याउने, कारबाहीको लागि प्रक्रिया चल्ने कि घुर्की दिदै हिँड्ने? हिजो को बन राज्य मन्त्रीको पी. ए. पनि मधेसी परेछ , तेहा पनि राजनीतिक गन्ध देखन कि यी जितेन्द्र देव सोनार एण्ड कम्पनि ले ? किन साघुरो घेरामा रमाउछन यी मधेश मुलका युवा नेताहरु, हाम्रो पनि नेता हुने साहस गर, तिम्रो छाती ठुलो बनाउ, निष्ठा र इमान्दारिताको राजनीति गर , बहुसंख्यक पहाडेहरू तिमीहरुका साथ हुने छन्, हामीलाई रामबरण, परमानन्द , रामचन्द्र झा, महन्त ठाकुर, उपेन्द्र हरु आफ्नै समुदायको दाजु भै झैँ लाग्ने तर मदेशी मोर्चाका नेताहरु जो आफुलाई मदेश मुक्तिका बाहक ठान्छन र बर्सौ देखि मदेश मा कहिले कुन पार्टी कहिले कुन पार्टी गर्दै अनबरत शाशन गरिरहेका छन् तिनीहरुलाई मदेश कै बसोबासी सुशिला कार्की हरु किन दिदि बहिनि जस्तो नलागेको होला? येस्तई मन फाट्दै गयो भने यो देश अनि मधेशकै के हाल होला?

0
anil yadav
March 01, 2012
49.244.194.69
भोट: +0
...

सबै पार्टीले आ आफ्नो पार्टी र निजी सम्पति विवरण सार्वजनिक गर्नुपर्छ । सबैले ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता