'टप'मा ओगटेर कोठा-तला

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, फागुन १८ (नागरिक)- घाम ताप्ने प्रयोजनले घरहरूमा बनाउन छुट दिएको 'टप' ओगटेर कोठा नै निकालिएकाले सडक विस्तारमा कठिनाइ आएको छ। थोरै जग्गा भएको ठाउँमा घर बनाउँदा सूर्योदय र सुर्यास्त हेर्ने सुविधाका लागि बनाउन दिएको टपमा सर्वसाधारणले तला नै थपेको नगर विकास समितिले जनाएको छ।
नगर विकास समितिको मापदण्डले उपत्यकामा निर्माण हुने घरको प्रत्येक तल्लामा टप बनाउन पाउने उल्लेख छ। तर यो सडकको सतहभन्दा १६ फिटमाथि हुनुपर्नेछ।
'तर उपत्यकामा अधिकांश घरले मापदण्डमिचेर टप निकालेका छन्, यसले घर नै असुरक्षित हुन्छ,' नगर नियोजक भाइकाजी तिवारी भन्छन्। सडक विस्तारका क्रममा अहिलेलाई यस्ता टप त्यतिकै छाडे पनि ढिलो चाँडो भत्काइने उनी बताउँछन्।
'तत्काल राहतस्वरूप त्यस्ता टप नभत्काएका हौं, तर जुनसुकै बेला हटाउन सकिन्छ,' उनले भने, 'बरन्डाको हिसाबले बाहेक त्यस्ता टपमा कोठा बनाउन र तल्ला थप्न पाइन्न।'
तिवारीका अनुसार सडकपेटीभन्दा बाहिर ननिस्कने गरी दृश्यावलोकनका लागि टप निकाल्न पाइन्छ। अहिले सडक विस्तार महŒवपूर्ण भएकाले टप नभत्काई तल्ला थप्नेलाई आफैं हटाऊ भनेको उनले बताए।
महानगरपालिकाले पनि यस्ता टप ढिलोचाँडो भत्काइने दाबी गरेको छ। 'कम क्षतिमा सडक विस्तारको काम अघि बढाउन निर्देशन अहिले सडक विस्तारको काम अघि बढाउन निर्देशन भएकाले अहिले यतातिर नलागेका हौं,' नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, 'टप निकालेर त्यसैबाट तला थप्दै जानु अवैधानिक हो, जुनसुकै बेला कारबाहीमा पर्न सक्छन्।'
कोटेश्वर क्षेत्रका यस्ता केही टप भत्काइएको उनले दाबी गरे। उनका अनुसार यस्ता टपबाट उत्पन्न समस्याबारे महानगरपालिकामा वर्षेनी १०/१५ वटा मुद्दा पर्ने गरेको छ।
उपत्यकामा पछिल्लो समय बनेका थुप्रै घरले टपबाटै कोठा उठाइरहेका छन्। यसरी तला थप्दा काठमाडौं महानगरपालिकाले बेवास्ता गर्ने गरेको उनको आरोप छ। यस्ता घर भूकम्पीय दृष्टिले जोखिमपूर्ण हुन्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता