कङ्ग्रेस-एमालेले हलो अड्काउँदै गोरु चुट्न थाले : दाहाल

E-mail Print
(0 votes, average 0 out of 5)
उपेन्द्र लामिछाने, वीरगन्ज, फागुन १८ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दल इमान्दार बन्दा-बन्दैपनि एमाले-काग्रेसले अनावश्यक शंका र बखेडा निकालेर शान्ति र संविधान निर्माणको कार्यमा बाधा पुर्‍याउन थालेको बताएका छ्न्।

पर्साको सुवर्णपुरमा बुधबार सहिद स्मारक उद्घाटन गर्दै उनले दुवै दल खेत जोत्ने तर्फ हैन हलो भाँच्ने तर्फ लागिपरेकेा बताए। ' उनीहरु हलो अड्काउँदै गोरु चुट्न थालेका छन्', उनले भने -' दुवै दल खेत जोत्नेमा हैन हलो नै भाँच्ने दाउमा छन्।'

उनले एमाले-कङ्गेसले संघीय संविधान भन्दा घुमाई फिराई २०४७ सालकै संविधान व्युताउन चाहेकेा आरोप लगाए।

' अचेल त टिभी खोल्यो को गाली मात्र सुनिन थालेकेा छ ', उनले भने -' कहिले कङ्ग्रेसको मुखबाट कहिले एमालेबाट।' शान्ति प्रक्रियाप्रति हदैसम्मको लचिलो हुँदाहुँदैपनि आफ्नो इमान्दारी प्रति उनीहरुले अनावश्यक शंका गर्न थालेको बताए। ' कस्तो इमान्दारी खोजेकेा कङ्ग्रेसको जस्तो भ्रष्ट कि एमालको जस्तो भ्रष्ट , उनले भने - ' अहिले यी दुई दलले आफ्नो कुकर्म बिर्सन थालेकेा जस्तो छ। '

उनले शान्ति प्रकृया निकै अगाडि बढिसकेकेा र त्यसले छिट्टै निकास पाउने बताए। ' मैल्ये आफ्नो भागमा परेको काम फत्ते गरिसकेकेा छु ', उनले भने।

गणतन्त्र आउनुमा ज्ञानेन्द्रको कुवुद्धीले पनि काम गरेको उदारण दिदै उनले त्यस्तै व्यवहार अहिले एमाले कङ्ग्रेसले गर्न थालेकेा सुनाए।

पार्टीहरुलाई गाली गर्ने नचाहेकेा उल्लेख गर्दे उनले घुमाउरो पाराले व्यङ्ग हाने। ' यहाँबाट गएर उनीहरुसँगै बसेर फेरि शान्ति र संविधानको कुरा गर्नु पर्छ , त्यसैले गाली गर्न पनि मन लाग्दैन ', उनले भने।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता