अमहामी क्रियाचक्र बंगलादेश विजयी

E-mail Print
(0 votes, average 0 out of 5)
सिद्धराज राई, धनकुटा, फाल्गुन २९- गोल हान्दा पोलमा लागेर फर्कनु नेपाली खेलाडी र टिमको दुर्भाग्य हो। यही दुर्भाग्यलाई आत्मसाथ गर्दै धनकुटामा जारी आठौ भीमनारायण अर्न्तराष्ट्रिय गोल्डकपमा मोरङको डिएफसी क्लबले बंगलादेशको अमहामी क्रियाचक्र क्लबलाई ट्राईब्रेकर ४- ३ को नजिता सुम्पेको छ। डिएफसीका विजय धिमाल र चार्ली राईले प्रहार गरेको बल गोलपोष्टको पोलमा लागेर फर्के पछि अमहामी बंगलदेशले विजय पाएको हो।

 
टाइब्रेकरमा अमहामी क्रियाचक्रको तर्फबाट पप्पु, सिमुल, जुवाल र टुटुलले गोल गरेका थिए। त्यस्तै डिएफसीको तर्फबाट दिपक राई, अनिल धिमाल र भक्त भण्डारीले मात्रै गोल गरेका थिए। अमहामी क्रियाचक्रका ईम्रोनले प्रहार गरेको बल डिएफसीका गोलकिपर मनिष तिम्सिनाले रोकेका थिए।

निर्धारित समय र अतिरिक्त समयमा दुवै तर्फबाट १/१ गोल भए पछि खेल टाईब्रेकरमा टुङिगएको हो। खेलको १८औं मिनेटमा अमहामी बंगलादेशका टुटुलले गोल गर्दै खेलमा अग्रता लिएको थियो। तर ३४औं मिनेटमा डिएफसीका याकुब राईले विवादस्पद गोल गर्दै खेललाई बराबरी गरेका थिए। दिपक राईले दिएको बल कन्ट्रोल गर्ने क्रममा ह्याण्ड भए पनि रेफ्री लोकराज ढुंगानाले नदेख्दा याकुबले गोल गरेका थिए। ह्याण्ड भएको बल गोल भएको भन्दै बंगलादेशका खेलाडीहरुले रेफ्री ढुंगानासंग विवाद गरेका थिए।

यस खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा डिएफसीका चार्ली राईले हेडगोल अमहामी क्रियाचक्रका उज्ज्वलले हेडगर्दै बचाएका थिए। त्यस्तै दिपक राई, विजय धिमाल र अजय धिमाल आधा दर्जन प्रहारलाई अमहामी क्रियाचक्रका गोलकिपर सिनेकले विफल पारे भने कही प्रहारले सही दिशा लिन नसक्दा हार बेहोर्नु परेको थियो। त्यस्तै अमहामी क्रियाचक्रका टुटुलले हानेको बलले जाली चुमे पनि अफसाइड हुँदा, सिमुल र रकिटको फितलो प्रहारलाई डिएफसीका गोलकिपर मनिषले बचाउदा जितका लागि टाईब्रेकरसम्म खेल्नु परेको थियो।

यस खेलको म्यान अफदिम्याच अमहामी क्रियाचक्रका गोलकिपर सिनेट घोषित भए। उनलाई संविधान सभाका सदस्य लिला सुब्बाले पुरस्कार प्रदान गरे। यस खेलमा डिएफसीका दिपक राई, विजय धिमालले र अमहामी क्रियाचक्र बंगलादेशका लजक जुवालले पहेलो कार्डको दर्शन गरे। भोलीको खेल विर्ता क्लब झापा र गोर्खा ब्वाईज क्लब रुपन्देही विच हुनेछ। यो प्रतियोगिताको प्रायोजन सान्मिगेल वियर र मुख्य सहयोग जिल्ला विकास समिति धनकुटाले गरेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता