३० चैतमा शान्ति प्रकृया टुंगिए जेठ १४ मै संविधान बन्छ : पौडेल

E-mail Print
(1 vote, average 5.00 out of 5)
नेविसंघ विवाद मिलाउन शीर्ष नेता-
अजित तिवारी, विराटनगर, चैत १८- नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चैत ३० मा शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान जेठ १४ मै जारी हुने बताएका छन्। उनले सेना समायोजन विशेष समितिले चैत ३० भित्रमा समायोजनमा जाने माओवादी लडाकु नेपाली सेनाको जिम्मा र हतियार राज्यको जिम्मा लगाउने तोकेको समयसीमामै काम सम्पन्न भए जेठ १४ मै नयाँ संविधान आउने दाबी गरे।

‘विशेष समितिको पछिल्लो निर्णयले राजनीति गतिरोध हटाउन मद्दत पुर्‍याएको छ'-विरा
टनगर विमानस्थलमा शनिवार संवाददाताहरुसित कुरा गर्दै काँग्रेस नेता पौडेलले भने, ‘तर मंसिर १ गतेको डेट सारेर चैत ३० पुर्‍यायो, फेरी सार्छ कि भन्ने आशंका छँदैछ।'

उनले चैत ३० गते शान्ति प्रकृया लगभग टुंगिएपछि मात्रै राष्ट्रिय सहमतीको सरकारका लागि पहल हुने बताए। उनले भने,‘कङ्ग्रेस सरकारमा जाने/आउने कुरालाई हामी महत्व दिएका छैनौं, शान्ति र संविधान हाम्रो प्रमुख एजेन्डा हो।' कङ्ग्रेसले मोरङको इन्द्रपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलन तथा कार्यालय भवनको शिलान्यासमा सहभागी हुन् नेता पौडेल, मिनेन्द्र रिजाल, महेश आचार्य लगायतका नेता विराटनगर आएका हुन्।

‘चैत ३० गतेसम्म सरकारको कुरै नगरौ'-पौडेलले भने,‘त्यसपछि राष्ट्रिय सरकारको कुरा गरौला।' उनले शान्ति प्रकृया टुंगिए जेठ १४ मै संघियतासहितको संविधान आउने र जनताको भावना बुझेर संघिय स्वरुप निर्धारण गरिने बताए। ‘संघियता सहितको संविधान आउँछ, ढुक्क हुनुस'-उनले भने,‘हरेक प्रदेश स्वायत्त हुन्छ।'

नेविसंघ विवाद मिलाउन शीर्ष नेता
कङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको विवाद मिलाउन सभापति सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई जिम्मेवारी तोकेका छन्। शनिबार बिहान कोइराला निवास महाराजगञ्जमा नेताहरुको अनौपचारिक बैठकले नेविसंघको बिवाद सुल्झाउन तीन नेतालाई जिम्मेवारी तोकिएको काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले जानकारी दिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता