दक्षिण अफ्रिकाद्वारा भारत पराजित

E-mail Print
(0 votes, average 0 out of 5)
जोहनसवर्ग (दक्षिण अफ्रिका), चैत १८ (एजेन्सी)-वर्षाद्वारा प्रभावित एक मात्र ट्वान्टी-२० म्याचमा शुक्रबार दक्षिण अफ्रिकाले भारतलाई डकवर्थ लेविस नियम अनुसार ११ रनले हराएको छ।
जितका लागि २ सय २० रनको लक्ष्य पछ्याएको भारतले ७ दशमलव ५ ओभरमा एक विकेटको नोक्सान वेहोर्दै ७१ रन बनाएपछि वर्षा सुरु भएको थियो। त्यतिबेला गौतम गम्भिर ४९ तथा रोविन उथप्पा १८ रन बनाएर खेल्दै थिए।

खेल रोमाञ्चक मोड तर्फ गइरहेको बेला नै वर्षा सुरु भएको थियो।

त्यसअघि कोलिन इंग्राम तथा अनुभवी ज्यकास कालिसले उत्कृष्ट ब्याटिङ गरेपछि दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेट गुमाउदै २ सय १९ रनको योगफल तयार पारेको थियो। इंग्रामले ७८ तथा कालिसले ६१ रनको योगदान दिएका थिए। दुबैले दोस्रो विकेटका लागि १ सय १९ रन जोडेका थिए।
भारतका सुरेश रैनाले दुई विकेट लिएका थिए।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता