जलेश्वरस्थित ट्राफिक कार्यालयमा अज्ञात समूहद्वारा बम विष्फोट

E-mail Print
(0 votes, average 0 out of 5)
महोत्तरी, चैत १८- अज्ञात समूहले महोत्तरीको जलेश्वरस्थित ट्राफिक प्रहरी कार्यालयमा शक्तिशाली बम विष्फोट गराएको छ। सो बम बिष्फोटबाट ट्राफिक प्रहरी कार्यालयको भवन क्षतिग्रस्त बनेको छ। भर्‍याङ र शौचालय पूर्णरुपमा भत्केको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुरज केसीले बताए।

बिहान करिब साँढे २ बजे ठूलो आवाजका साथ भएको सो बिष्फोटपश्चात् जलेश्वरबासी त्रसित बनेका छन्। बम शक्तिशाली भए पनि कुन बम बिष्फोट भएको हो भन्नेबारे स्पष्ट हुन सकेको छैन। प्रहरी सहायक निरीक्षकसहित ८ जना प्रहरी बस्ने सो कार्यालयमा बिष्फोटबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ। बम बिष्फोटनको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।

बिष्फोट गराइएको ट्राफिक कार्यालयको २ सय मिटर पूर्व प्रमुख जिल्ला अधिकारीको निवास र सीमा सशस्त्र प्रहरीको नगर सुरक्षा वेस क्याम्प छ। सो क्षेत्रमा अहिले व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ। बम बिष्फोटका कारण नगरको सुरक्षा व्यवस्थाप्रति प्रश्‍नचिह्न उठन थालेको छ।
- महेशकुमार दास
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता