४ सय छन् भनिएको जिल्लामा खोज्दा एउटै हलिया भेटिएनन्

E-mail Print
(0 votes, average 0 out of 5)
जनक केसी, जाजरकोट, चैत १८- मुक्त हलियाको विवरण सङ्कलन गर्ने क्रममा सरकारी निकायले जाजरकोटमा ३ वर्ष लगाएर ४ सयको फाराम सङ्कलन गरेको थियो। तर अहिले गाउँमा गएर खोज्दा एक जना पनि हलिया फेला परेनन्। झुटो विवरणका आधारमा तथ्याङ्क सङ्कलन गरिएकाले यस्तो अवस्था आएको हो।

फाराम भरिएको  विवरणका आधारमा मुक्त हलिया पुनर्स्थापना तथा अनुगमन कार्यदलले  मुक्त हलियाको खोजी गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा रहेको तथ्याङ्कअनुसार  जिल्लाका ८ वटा गाविसमा हलियाको सङ्ख्या ४ सय छ। जिल्लाका  ढिमे, पैक, रोकायगाउँ, नायकवाडा, डाँडागाउँ, अर्छानी, मजकोट र रामीडाँडा गरी ८ गाविसमा हलिया भएको भूमि सुधार तथा व्यवस्था मन्त्रालयले जिल्लामा पठाएको फाराम र पत्रमा उल्लेख छ।

केही दिनअगाडि गरिएको मुक्त हलियाको खोजी अभियानमा यीमध्ये कुनै पनि गाविसमा एक जना पनि  मुक्त हलिया नभेटिएको बताइएको छ। फाराम भर्दा मुक्त हलियाका सम्पूर्ण विवरण झुटो भरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। फाराम भर्दा हलियाको नाम ठेगाना, घरमूलीको नामलगायतका विवरण झुटो भरेका कारण अहिले हलियाबारे  कुनै सत्य विवरण पाउन नसकिएको हो- रिजालले भने।

जिल्लामा ४ सय  मुक्त हलिया रहेको विवरण देखिए पनि यो कुन स्रोतबाट सङ्कलन गरिएकँ हो भन्ने कसैलाई पनि थाहा नभएको रिजाललको भनाइ छ। भूमि सुधार तथा व्यवस्था मन्त्रालयले जाजरकोट जिल्लामा  ४ सय मुक्त हलिया भएको भन्दै फारामसहितको पत्र पठाएको छ।

तीन वर्षअघि शान्ति मन्त्रालयमार्फत् मुक्त हलियाको विवरण सङ्कलन गर्न जाजरकोट जिविसका पूर्व सदस्य प्रसादे नेपालीलाई  जिम्मा दिएको र उनले कुन स्रोतबाट ४ सयको सङ्ख्यामा  हलियाको विवरण सङ्कलन गरेका हुन थाहा नभएको  मालपोत कार्यालयका निमित्त प्रमुख तेजबहादुर चन्दले बताए।

उनका अनुसार  हलियाको पनि आफनै मापदण्ड भएको भए पनि अहिले ४ सय जना मध्ये गाउँमा जाँदा एक जना पनि भेटिएका छैनन् । हलिया भन्नाले १० वर्षसम्म अर्काको घरमा हलीको काम गरेको तथा आफ्नै जग्गा नभएको वा जग्गा भएर पनि तीन महिना पनि खान नपुग्नेलाई जनाउँछ- चन्दले भने।

जिल्लामा हलिया भनेर सूचीकृत भएका जाति नै नभएको तर फाराममा भने उनीहरुको विवरण उल्लेख गरिएको बताइएको छ।  पार्की जोशी जातका मानिस जाजरकोटमा नबसे पनि मुक्त हलियाको सूचीमा रहेको हलिया खोजी अभियानका सदस्य पत्रकार दीपेन्द्र शर्माले बताए। उनले  हलियाको विवरण सङ्कलन गर्ने बेला एक हलिया खोजेवापत ५ रुपियाँ पाइने भएकाले झुटो विवरण सङ्कलन गरिएको हुन सक्ने बताए।

केही दिनअघि हलियाको विवरण रुजु गर्न  मुक्त हलिया पुनर्स्थापना तथा अनुगमन कार्यदलले आफना प्रतिनिधि विभिन्न गाउँमा खटाएको थियो तर उनीहरुले ४ सयमध्ये एक जना पनि हलिया भेट्टाउन सकेनन्। गाउँमा हलिया भए पो भेटिन्थे,  हलिया  खोज्न गाउँ गएका नेपाल पत्रकार महासङ्घ जाजरकोटका सचिव दीपेन्द्र शर्माले बताए।

जिल्लामै एउटा पनि हलिया छैनन् तर विवरण ४ सयको छ- शर्माले भने।  ४ वर्षअघि सरकारले मुक्त घोषणा गरेका हलियाका लागि सरकारले पुनर्स्थापना तथा क्षमता विकासको कार्यक्रम ल्याए पनि जाजरकोटमा आएको कार्यक्रम फिर्ता हुने बताइएको छ।  अहिले जिल्लामा मुक्त हलियाका लागि  कम्प्युटर तालिम, मोवाइल मर्मत तालिम, डकर्मी तालिम, सिकर्मी तालिमलगायतका क्षमता विकासका कार्यक्रम भए पनि अब ती सबै कार्यक्रम फिर्ता हुने अवस्थामा रहेको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता