Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jan 18th

बैतडीमा शक्तिशाली बम बिष्फोट, दुईको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
बरुण पनेरु, डडेल्धुरा, चैत १८- बैतडीको कटौजपानी-२ मा शक्तिशाली बम बिस्फोट भएको छ। बिष्फोटमा परी दुई जनाको मृत्यु भएको छ। कटौजपानी-२, बडिया बस्ने ५० वर्षीय दानसिंह भाट र उनकी पत्‍नी ४३ वर्षीया लालमति भाटको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।
 

शनिबार बिहान साढे ११ बजेतिर घर पोत्‍ने बेलामा एक्कासी बम बिस्फोटन हुँदा तत्काल दुबैजनाको ज्यान गएको प्रहरीले जानकारी दियो। बिस्फोटनमा परी सोही ठाउँ बस्ने ३५ वर्षीया कमला भाट घाइते भएकी छन्।
बम निकै शक्तिशाली भएको र मृतकहरुका शरीरका टुक्रा टाढा-टाढासम्म फैलिएको बताइएको छ।

घटनास्थलभन्दा दुई घण्टाजति टाढा रहेको श्रीकोट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता