दुई महिला र दुई बालबालिकासहित चार जनाद्वारा सामूहिक आत्महत्या

E-mail Print
(0 votes, average 0 out of 5)
बरुण पनेरु, डडेल्धुरा, चैत १८– दार्चुलाको चमेलिया नदीमा दुई बालकसहित दुई महिलाले सामूहिक आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रानीसिखर–४ की पार्वती भट्ट (२२), सरिता भट्ट)१६), सनिल भट्ट (५) र अनिल भट्ट (अढाई) वर्षले सामूहिक आत्महत्या गरेका हुन।

रानीसिखरकी पार्वतीले शुक्रबार आफ्ना दुई छोरा सुनिल, अनिल र  छिमेकी सरितालाई सँगै लगी घरबाट झण्डै ५ घण्टाको दूरीमा पुगिने करकल्लेगाउँ नजिक चमेलिया नदीमा पुगी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी देवबहादुर बोगटीले बताए।

'स्थानीय युवासँग भएको अवैध सम्बन्धको पोल खुल्ने डरले सामूहिक आत्महत्या गरेको अनुसन्धानबाट देखिएको छ'- डिएसपी बोगटीले भने। 'हत्या हुन सक्ने कुनै पनि तथ्य छैनन्।'

तीन जनाको शव भेटिए पनि अढाई वर्षीयको भने भेटिएको छैन। भेटिएका शव पोर्ष्टमार्टम गरी शनिबार आफन्तलाई बुझाइएको छ। आत्महत्या गर्नुअघि पार्वती र सरिताले आफूले लगाएको सम्पूर्ण गरगहना, पैसा घरमै छोडेका र स्वेटर र चप्पल नदीको किनारमा छाडेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत अध्यायन गरिरहेका प्रहरी निरीक्षक श्यामबहादुर सावदका अनुसार रानिसिखर गाविसकै १८ वर्षिया तुलसी भट्टले दिएको जानकारीका आधारमा अनुसन्धान गर्दा पार्वती र सरिताको सोही गाविस बस्ने २५ वर्षिया धनजीत ठगुन्नासँग अवैध सम्बन्ध भएका कारण पोल खुल्ने डरले सामूहिक आत्महत्या गरेका हुन।

शरीरमा चोटपटक नलागेका कारण हत्या नभएको प्रहरीले जनाएको छ। 'मृतकका शरीरमा कुनै चोटपटक छैन', डिएसपी बोगटीले भने- अस्पताल र घटनास्थलको अध्ययन गर्दा आत्महत्या नै हो।' धनजित ठगुन्ना उनीहरुभन्दा एक घण्टापछि चमेलिया नदीतिरै गएको स्थानीयले बताए।

दुई नाबालक छोरासहित श्रीमतीले आत्महत्या गरेको खबर पाएपछि भारतको मुम्बईमा रहेका पार्वतीका पति राजेन्द्र भट्ट शुक्रबारै हिँडिसकेको पनि प्रहरीले जनाएको छ।
प्रतिक्रियाहरू (2)Add Comment
0
Roshan Sharma, Australia
April 01, 2012
115.187.211.1
भोट: +0
...

Which news is correct ??? there is another news as below:-
दार्चुलाको रानीशिखरमा ३ जनाको हत्या
चैत १८ । काठमाडौ, दार्चुलाको रानीशिखर गाविसमा ३ जनाको हत्या भएको छ भने अर्का एक वेपत्ता भएका छन् । रानीशिखर गाविसका २२ वषिर्य पार्वतीदेवी भट्ट, १६ वषिर्य सरिता भट्ट र ५ वषिर्य सुनिल भट्टको शब गोकुलेश्वर गाविसको कठपत्यामा रहेको चमेलिया नदीमा शुक्रबार दिउँसो भेटिटएको हो । मृतक पार्वती र सुनिल आमा छोरा हुन् भने सरिता आफन्त हुन् । तीनै जनाको रानीशिखर गाविस वडा नम्बर ६ का धनजीतसिह ठगुन्नाले गएराती पार्वतीको घरमा पसेर अपहरण शैलीमा ४ जनालाई लगेको स्थानीय तुलसी भट्टले बताउनुभयो । सँगै लगेका अर्का अढाई वषिर्या बालक वेपत्ता छन् । उनीहरुलाई लैजाने ठगुन्ना पनि वेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरीले नजाएको छ । प्रहरीले तीन जनाको हत्यामा ठगुन्नाकै हात रहेको हुन सक्ने आशंका गरेको छ

0
tamang
April 01, 2012
203.110.205.211
भोट: +0
...

oh ho kasto news yo ta ama aharu ta marnu tiyo mareu but teyo bichar tiye 2 bachcha ko ke dhosa thiyo ra ama ko karna le bachcha ko jeyna jada dukha lageu

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता