जात र धर्मका नाममा राष्ट्रिय एकता कमजोर बनाइँदैछ : पौडेल

E-mail Print
(3 votes, average 5.00 out of 5)
अमर खड्का, इटहरी, चैत १८- नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले कम्युनिष्टहरुले जात र धर्मका नाममा सङ्घीयता बाँडफाँट गर्ने भ्रम फैलाएर राष्ट्रिय एकता कमजोर बनाएको दाबी गरेका छन। उनले कम्युनिष्टहरुकै कारण राष्ट्रिय सद्‍भाव कमजोर पार्ने काम भइरहेको पनि बताए।

'कम्युनिष्टहरु डब्बल स्टान्डर्ड रोल खेल्ने गर्छन्। जसले गर्दा उनीहरुले ढाँटछलको राजनीति गर्दै जात र धर्मका नाममा सङ्घीयता बाँडफाँट गर्ने भन्दै हिँड्छन्', उपसभापति पौडेलले शनिबार मोरङ क्षेत्र नं. ८ को विराटचोकमा आयोजित क्षेत्रीय भेलामा भने- कङ्ग्रेस पहिचानका आधारमा सङ्घीयता हुनुपर्ने अडानमा छ। जात र धर्मका आधारमा हुँदैन।' उनले कङ्ग्रेस बहुजाति, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभाषिक राज्य बनाउने पक्षमा भएकाले सबैको पहिचान हुने सङ्घीयताको पक्षमा रहेको दावी गरे।

कम्युनिष्टहरुप्रति निकै आक्रामकरुपमा प्रस्तुत भएका उनले कम्युनिष्टहरुको भ्रम चिरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। 'विशेष समितिको पछिल्लो निर्णयले राजनीतिक गतिरोध अन्त्य गर्ने बाटो खुले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको बोलाई र गराईमा फरक भएकाले पूरा नहुन्जेल दबाब आवश्यक छ'- उनले भने। पौडेलले माओवादी लडाकुका शिविर खाली र हतियार बुझाएपछि बल्ल विचारको राजनीति गर्ने बाटो खुल्ने बताए।

चैत ३० सम्म माओवादी लडाकुका शिविर खाली भए अनि हतियार बुझाए भने अब नेपालमा प्रतिष्पर्धात्मक राजनीतिको सुरुवात हुनेछ- उनले भने।

कार्यक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले राजनीतिक संस्कारशून्य बनाएर निर्माण भएको संविधान कार्यान्वयनमा समस्या हुने भएकाले उच्च राजनीतिक संस्कारको विकास गर्न जुनसुकै शक्ति भए पनि हिंसाको बाटो त्याग्नुर्ने बताए। अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले चैत ३० गतेभित्र शान्ति प्रक्रिया टुङ्गिए तोकिएको समयमा संविधान जारी हुने भए पनि माओवादीको नियत बदल्न नदिन सबै जागरुक भएर अघि बढ्न सुझाव दिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता