संघीयतामा जाँदा जात-धर्म सम्बन्ध नबिथोलियोस् : राष्ट्रपति

E-mail Print
(2 votes, average 5.00 out of 5)
काठमाडौं, चैत १८- राष्ट्रपति रामवरण यादवले सङ्घीयताको नाममा देश विखण्डन नहोस् भन्नेतर्फ सबै सचेत र सजग रहनुपर्नेमा जोड दिएका छन्। 'देशका सम्पूर्ण जातजाति, धर्म, संस्कृति राष्ट्रका गौरव हुन्, यिनीहरूबीचको सम्बन्धलाई खल्बलिन दिन हुँदैन', उनले भने।

राष्ट्रपति यादवले राजनीतिलाई व्यवस्थित गर्न नसक्दा मुलुकले स्थायित्व र समृद्धि पाउन नसकेको बताएका छन्।

छिमेकी मुलुकहरू भारत र चीनले विगत सात दशकको अवधिमा ठूलो आर्थिक फड्को मार्न सकेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति डा यादवले आज सञ्चारकर्मीहरूसँगको भेटमा भने- 'नेपाल प्राकृतिक स्रोत साधनले सम्पन्न भएर पनि पछाडि पर्नुको कारण राजनीतिक अन्यौलता नै मुख्य कारण हो।'

रिपार्टर्स क्लब नेपालले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति निवासमा आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रपतिले भारतमा जस्तो लोकतान्त्रिक अभ्यासलाई हामीले पनि गर्ने आत्मसात गर्न सकेको भए नेपालले पनि धेरै फड्को मार्न सक्थ्यो भन्ने धारणा राखे।

प्रजातान्त्रिक शक्तिहरू पनि विभाजित हुँदा राजाको निरङ्कुशताले मुलुकलाई पछाडि धकेलेको प्रसङ्ग उल्लेख गर्दै भने-'अब जनताले दिगो शान्ति र स्थायित्व खोजेका छन्, त्यसलाई पूरा गर्नु हामी सबैको कर्तव्य हो।'

राष्ट्रपतिले १२ बुँदेदेखि सात बुँदासम्मको सहमतिले मुलुकलाई लोकतान्त्रिक मार्गबाट विचलित हुन नदिन आफूले राजनीतिक पार्टीका शीर्ष नेताहरुलाई खबरदारी गरिरहेको उल्लेख गर्दै मुख्य चार दलहरुबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिए। रासस

प्रतिक्रियाहरू (2)Add Comment
0
Jeewan Kumar Shakya
April 01, 2012
115.187.16.3
भोट: +0
...

हाम्रो देशका महामहीम राष्ट्रपतीज्यूको सकारात्मक देश प्रतिको भक्त्ती भावले भरीएको जस्तै सबैको यसरीनै होस । वहाँको भावना महानछ । सच्चा नेपालीमा हुनुपर्ने भावनाछ ।

0
kiran budhathoki
April 01, 2012
49.244.156.75
भोट: +0
...

kolle kosko sunne rastrapati jiu. yo ganatantra nabujhe ka haru ko jattha le girijababu ko netritow ma jabarjast janata ko tauko ma ladeko byabasta ho. yaha ain kanoon kehi chaina, nasunerai najaanerai je pani garne choot saktishali haru lai cha. rastrapati mahodaya yedi saknu huncha bhane yo araajak baata janata lai mukta garnus. tapai bannus yo desh ko sunaulo ithihas korne byaktito. ramro kaam garna eautai neta kaafi huncha. singapore ra malaysia hamra najik ka udhaharn chan. himmat garnos ramro kaam garna janata le saath dine chan. hoina bhane kewal tapai ko arti le kehi hune chaina.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता