Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jan 18th

शान्ति र संविधानका लागि सञ्चार संस्थाले अभियान थाल्ने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, चैत १८ (नागरिक)- शान्ति प्रक्रिया पूरा गरी र जेठ १४ मा नयाँ संविधान जारी गर्न दवाब दिने उद्देश्यले आधा दर्जन मिडियासम्बन्धी संघसंस्थाले अभियान चलाउने निर्णय गरेका छन्।

शानिबार नेपाल पत्रकार महासंघ, मिडिया सोसाईटी, टेलिभिजन ब्रोडकास्टर्स नेपाल, सामुदायिक रेडियो प्रशारक संघ, ब्रोडकास्टर्स ऐसोसियसन नेपाल र काठमाडौ उपत्यका एफएम रेडियो प्रशारक मञ्चले सयुक्त रुपमा पत्रकार सम्मेलन गरी 'शान्ति र संविधान सञ्चार अभियान' भन्ने नारा सहित दवाव दिने घोषणा गरेका हुन्।

'शुक्रबार विषेश समितिको निर्णय स्वगत योग्य भए पनि जेठ १४ भित्र संविधान बन्ने सत प्रतिशत सुनिश्चितता छैन' दैनिक पत्रिकाका प्रकाशकहरुको सस्था मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहीयाले पत्रकार सम्मेलनमा भने, 'सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न नमिल्ने फैसला गरे पनि अर्को बैकल्पिक व्यवस्था नभएकाले हामीले दलहरुलाई दवाव दिने उद्देश्यले राज्यका चौथो अंगका सबै प्रतिनिधिहरु एकजुट भएर यो अभियानमा लाग्न बाध्य भएका हौं।'
उनले संविधान जड दस्तावेजन नभएकाले अहिलेको आवश्यकतालाई आधार मानेर जारी गर्नुपर्ने बताए। 'संविधान जड दस्तावेज होइन, समयको माग अनुसार संशोधन गर्न सकिन्छ' सिरोहीयाले भने- 'सहमतिय र सहकार्यवाट संविधान निर्माण गर्नुपर्छ।'
पत्रकार सम्मेलनमा शान्ति र संविधान संञ्चार अभियानमा साथ दिन र ऐक्यवद्धता जनाउन सबैलाई आग्रह पनि गरेको छ। पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा सबै राजनीतिक साझेदारसँग समन्वय गरी सहमति र सहकार्यबाटै यो प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिइएको छ।

'शान्ति प्रक्रियाको सफल समापन र नयाँ लोकतान्त्रिक संविधानको घोषणा नै अहिलेको राष्ट्रिय एजेण्डा हो' विज्ञप्तिमा भनिएको छ, 'यसलाई टुंगोमा पुर्‍याउने दायित्व हामीले निर्वाचनमाफर्त चुनेर संविधानसभामा पठाएका सभासद् र सम्वन्ध राजनीतिक दलका नेताहरुको हो। सहमति र सहकार्यबाट यो प्रक्रिया अघि बढाउन आवस्यक परे आम जनतासँग संवाद र सहजीकरण गर्न हामी पनि सघाउने छौ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता