६ हजार ५ सय लडाकू नेपाली सेनामा समायोजन गरिने प्रधामन्त्रीको भनाइ

E-mail Print
(2 votes, average 3.00 out of 5)
राजविराज, चैत १८- प्रधानमन्त्री बाबुराम भट्टराईले छ हजार ५ सय लडाकूलाई राष्ट्रिय सेनामा समायोजन गरिने र बाँकीलाई अन्य ठाउँमा व्यवस्थापन गरिने बताएका छन्। चैतको अन्तिम सातासम्म शान्ति प्रक्रियाले मूर्तरुप लिने विश्वास उनको छ।

राजविराजमा आज राष्ट्रिय मैथिली सम्मेलन तथा मैथिली महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले सङ्घीयताबिनाको संविधानको परिकल्पनासमेत गर्न नसकिने बताए। आफ्नो छ महिने कार्यकालमा शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै उनले चैतको अन्तिम सातासम्म शान्ति प्रक्रियाले मूर्तरुप लिने विश्वास व्यक्त गरे।


सेना समायोजन विशेष समितिले आगामी चैत मसान्तभित्र सेना समायोजनको प्रक्रियालाई पूर्णता दिने भनी शुक्रबार गरेको निर्णय ऐतिहासिक भएको उनले बताए।

प्रधानमन्त्री भट्टराईले जेठ १४ भित्र संविधान निर्माणलाई मूर्तरुप दिन सङ्घीयता र शासन प्रणालीको बारेमा उत्पन्न कठिनाइलाई समाधान गर्न विभिन्न राजनीतिक दलका नेताहरुसँग घनीभूतरुपमा कुराकानी चलिरहेको उल्लेख गरे।


एकात्मक केन्द्रीकृत राजतन्त्रात्मक सामन्तवादी शासन प्रणालीलाई विस्थापित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सूत्रपात नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि रहेको प्रधानमन्त्रीले उल्लेख गरे।

मिथिला प्रदेशको स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकारप्रति सरकार सजग र सचेत रहेको बताउँदै उनले स्थानीयरुपमा मैथिली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न सकिने बताए।


समृद्ध साहित्य, सरल व्याकरण, सुन्दर लिपी र वृहत शब्दकोषबाला भाषा मैथिलीले उचित स्थान पाउनुपर्ने बताउँदै उनले भाषिक समानता मुलुकमा आवश्यक रहेको चर्चा गरे।

उद्‌घाटन समारोहमा मैथिल महासङ्घका अध्यक्ष अमरेशनारायण झा, मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष देवेन्द्र मिश्रलगायतकाले मैथिली भाषाको विकासमा राज्यले पहल गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकभरका करिब ३०० मैथिली भाषाप्रेमीको सहभागिता छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता