संघीयता नभए समानान्तर संविधान : मधेसी मोर्चा

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, चैत १९ (नागरिक)- सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले संघीयताबिनै संविधान जारी गरिए समानान्तर संविधान जारी गर्ने चेतावनी दिएका छन्।
 

शनिबार राजधानीको खुलामञ्चमा आयोजित मोर्चाको पहिलो बृहत सभामा मोर्चासम्बद्ध दलका नेताले प्रमुख दल संघीयताबिनाको संविधान जारी गर्ने मनस्थितिमा रहेको आरोप लगाए।
'मैले राष्ट्रपतिसामु प्रचण्ड, सुशील र झलनाथलाई संघीयता दिनुभएन भने यो देशमा आगो बल्छ भनिसकेको छु,' मोर्चाका अध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले भने, 'संघीयताबिनाको संविधान जारी भए मधेसी, दलित, मुस्लिम, आदिवासी एकठाँउमा उभिएर त्यो संविधान नमानी आफैं संविधान जारी गर्छौं।'
उनले प्रमुख दल संघीयतामा गम्भीर नदेखिएको दोहोर्‍याए। 'कांग्रेस-एमालेले जनताको आन्दोलनको स्थापित परिवर्तनलाई स्वीकार गरेका छैनन्,' उनले भने, 'संघीयताबिनाको संविधान जारी गरे मुलुकमा आगो बल्छ।'
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस मधेसीबाटै खोसिएको आरोप लगाए। भने, 'मधेस मधेसबाट खोसिएको छ, जल, जमिन, वन, जंगल गैरमधेसीबाट खोसिएको छ, मधेसीको हातमा छैन।' राज्यको कार्यकारी अधिकार 'घुमाई-फिराई खससँगै राख्न' संविधान लेख्न ढिलो भएको उनको भनाइ थियो।
मधेसीले चाहेको संघीयता राज्यका लागि मात्रै नभएको उल्लेख गर्दै ठाकुरले संस्कृति, पहिचान र संरक्षणका लागि मधेसीलाई संघीयता चाहिएको बताए।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले संघीयताबिनाको संविधान जारी गर्ने षड्यन्त्र गरे नेताहरुलाई सिंहदरबारबाट लखेट्ने चेतावनी दिए। 'संघीयताबिनाको संविधान जारी भए नेताहरुलाई सिंहदरबारबाट घोक्र्याएर काशी पठाउँछौं,' यादवले सभामा भने, 'तर यो अवस्था आएको देख्न नपरोस्।'
तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं सिँचाइमन्त्री महेन्द्र यादवले मधेसी दलहरु संघीयताका लागि जस्तोसुकै लडाइँ लड्न तयार रहेको घोषणा गरे। 'संघीयताका लागि महाभारतजस्ता लडाइँ हुन सक्छ,' सभामा यादवले भने, 'अब आन्दोलन होइन, युद्ध हुन सक्छ।'
सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्य मन्त्री राजेन्द्र महतोले संघीयताबिनाको संविधान जारी भए देश टुक्रन सक्ने चेतावनी दिए। 'संघीयताबिनाको संविधान हामीलाई कुनै पनि हालतमा मान्य छैन,' महतोले भने, 'संघीयता दिएन भने देश टुट्न सक्छ।'
महतोले मधेस, पहाड र हिमालबीच भावनात्मक एकता अझै हुन नसकेको जिकिर गरे। 'पृथ्वीनारायण शाहले भौगोलिक एकता त गरे, तर भावनात्मक एकता गरेनन्,' उनले भने।
मोर्चाले नयाँ संविधानमा संघीयताको सुनिश्चितताका लागि दबाब दिन पहिलोपटक राजधानीमा आमसभा गरेको हो। यसअघि मोर्चाले तराईमा मात्रै आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

प्रतिक्रियाहरू (2)Add Comment
0
Y Gole
April 01, 2012
108.173.106.70
भोट: +0
...

teso garyo bhane madhesh tukrauna painchha bhanera ni timiharuko kura sabaile bujheka chhan. tara yad gara yedi testo harkat kunai madhesi neta le garchha bhane teslai yo sansar bata lakhetine chhau.

0
Prem sagar
April 01, 2012
116.90.239.3
भोट: +0
...

Mantri bhayera Jhanda hallaune naba agntuk nagarikle desh tukraune kura gareko sunda lagchha chhimeki ko grand disign ma nai sabai hudai chha, nabhaye jimbebar mantri le yesta kura garer kina hiddaichhan haa..........

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता