दक्षिण अफ्रिका विजयी

E-mail Print
(0 votes, average 0 out of 5)
जोहानसवर्ग, चैत १९ (एएफपी)- गौतम गम्भिरको आक्रामक इनिङलाई वर्षाले ओझेलमा पारेपछि दक्षिण अफ्रिकाले एकमात्र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई पराजित गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाई २ सय १९ रन बनाएको थियो। जवाफमा भारतले ७.५ ओभरमा विनाक्षति ७१ रन बनाउँदा खेल वर्षाले विथोलेपछि दक्षिण अफ्रिका डकवर्थ लुइस पद्धतिमा ११ रनले विजयी भयो।
गम्भिरले २८ बलमै ४९ रन बनाउँदै शुक्रबार भारतलाई आशा देखाएका थिए। उनले ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर रविन उत्थपा १८ रनमा अविजित रहे। १९ बल खेलेका उनले १ चौका प्रहार गरे।
यसअघि ज्याक कालिस र कोलिन इंग्रामका अर्द्धसतकमा दक्षिण अफ्रिकाले विशाल चुनौती तेर्स्याएको थियो। कालिसले ४२ बलमा ६१ र इंग्रामले ५० बलमा ७८ रन बनाए। यी दुईले दोस्रो विकेटमा ८० बल खेली १ सय १९ रन जोड्दा कालिसले ५ चौका र २ छक्का तथा इंग्रामले ८ चौका र ३ छक्का प्रहार गरे। भारतबाट सुरेश रैनाले २ विकेट लिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता