चार दलको बैठक फेरि निश्कर्षविहीन, खनालले भने- म आशावादी हुन सकिनँ

E-mail Print
(4 votes, average 2.00 out of 5)
माधव ढुङ्गेल, वैशाख १८ (नागरिक)- प्रमुख तीन दल र मधेसी मोर्चाबीच संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आज दिउँसोदेखि जारी वार्ता पनि बिना निश्कर्ष टुङ्गिएको छ। बैठकबाट बाहिरिएपछि एमाले अध्यक्ष झलनाथ खनालले आफू वार्ताबाट आशावादी हुन नसकेको बताए।  'बैठकमा (बहुमतीय) प्रक्रियाबाट जाउँ भन्ने कुरा आयो, म आशावादी हुन सकिनँ,' खनालले बताए। उनले संविधान निर्माणमा सहमति हुन बाँकी राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायत राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भएको जानकारी दिए।

सहमति खोज्ने प्रयासका लागि दलहरुबीच अपराह्न १ बजेदेखि पटक पटक द्विपक्षीय र बहुपक्षीय छलफल भएका थिए। 

राज्य पुनर्संरचनामा कङ्ग्रेस सात प्रदेशको अडानमा छ भने माओवादीले १० प्रदेशको अडान राखेको छ। एमालेले ७ देखि १२ प्रदेशसम्म बनाउन सकिने गरी लचकता देखाएको छ। शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदद्वारा निर्वाचित प्रधानमन्त्रीबीच अधिकार बाँडफाँडमा सहमति हुनसकेको छैन।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता