बिहेको भोजका दिन बेहुलाको आत्महत्या

E-mail Print
(0 votes, average 0 out of 5)
राजविराज, वैशाख १८ बिहेको प्रितीभोजका दिन आज सप्तरीका एक युवकले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने बकधुवा-१ छपकी टोल निवासी राजेन्द्रप्रसाद यादवका छोरा २१ वर्षीय सुरेन्द्रप्रसाद यादव भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घरकै खाली कोठामा सन्पाटको डोरीमा पासो लगाई झुन्डिएको अवस्थामा शव फेला परेको मृतकको परिवारका सदस्य शिवनारायण यादवले जानकारी दिए।

राजविराज क्याम्पसमा मानविकी सङ्कायमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सुरेन्द्रको यही वैशाख १४ गते राजविराज-१० निवासी अन्जु यादवसँग विवाह भएको थियो।

मृतकको शव परीक्षणका लागि आज बिहान सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याइएको प्रहरी दीर्घनारायण श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता